बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु

by

in

काठमाडौँ : बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बडीमालिका नगरपालिका–५ मनाकी बस्ने ४५ वर्षीय दुरा साउँदको मृत्यु भएको सहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउँदले जानकारी दिए।

उनका अनुसार बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जङ्गलमा घाँस काट्न गएका बेला भीरबाट लडेर उनी गम्भीर घाइते भएकी थिइन्। दुरालाई उपचारका लागि सहरी स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल बाजुरामा पठाइएको थियो।

भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्‍याउन नसकेपछि उनको ज्यान गएको स्थानीय राजेन्द्र विक बताउँछन्। जिल्लामा बर्सेनि भीरबाट लडेर घाइते भएकाहरू समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउने गरेका छन्।