जिन्स पेन्टमा सलोन र करिश्माको पेग्रेन्सी फोटो सुट

by

in

काठमाडौं– नायक सलोन बस्नेत र करिश्मा केसीको पेग्रेन्सी फोटो सुटको तस्बिर सार्वजनिक भएको छ । बुधबार तस्बिर सार्वजनिक गर्दै सलोनले नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।

निलो जिन्स र सेतो कपडामा उनीहरूले फोटो सुट गरेका छन् । करिस्माले पाइटको जिपर भने खुला राखेकी छिन् । तस्बिरमा दुवै जना प्रेमिल र हलिसो मुद्रामा देखिन्छन् ।

तस्बिर सार्वजनिकपछि पहिलो सन्तानको अभिभावक बन्न लागेको यो जोडीलाई समर्थक तथा शुभचिन्तकहरूले बधाई दिएका छन् ।

तीन वर्षको प्रेमलाई सफल पार्दै यो जोडी गत मंसिरमा विवाह बन्धनमा बाँधिएको थियो ।