गलत डाक्टरका फेला पर्नाले अनुहारकै स्वरुप बिग्रियो यी नायिकाको, अनुहार बिग्रिएका कारण काम नै नपाउने अवस्थामा पुगिन्

by

in

कहिले काँही सर्वसाधारण मात्र हैन सेलीब्रेटीले समेत गलत उपचारको शिकार हुन पुग्छन् ।

हो, यस्तै भएको छ कन्नड अभिनेत्री स्वाती सतीश माथि । उनले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । तर गलत उपचारका कारण उनी गंभीर संकटमा मात्र परिनन् उनको अनुहार नै कुरुप बन्न पुगेको छ । अहिले उनलाई चिन्न पनि निक्कै मुश्किल परेको छ ।

शल्यक्रियापछिका उनका केही तस्बिर पनि बाहिरिएका छन् जसलाई हेर्दा उनी हुन् भन्ने बिश्वासै गर्न गाह्रो हुने देखिएको छ । स्वातीले आफ्नो यो अवस्था हुनका लागि चिकित्सक दोषी रहेको आरोप समेत लगाएकी छिन् ।

रिपोर्टका अनुसार बेङ्गलोर निवासी स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । यसपछि उनको पुरै अनुहार सुन्निएको थियो र दुख्न पनि सुरु भएको थियो ।

उपचारमा संलग्न चिकित्सकले उनको यो समस्या ३ दिनमा हल हुने बताएता पनि तीन हप्ता बितिसक्दा समेत उनको शारीरिक अवस्थामा कुनै सुधार नआएपछि उनी आक्रोशित भएकी छिन् ।

मिडिया रिपोर्टका अनुसार स्वातीले डाक्टरले आफुलाई उपचार र औषधिको बारेमा गलत र अधुरो जानकारी दिएको आरोप लगाएकी छन् । अहिले स्वाती सतीश घरमा आराम गरिरहेकी छिन् ।