गृहमन्त्री बनेको पहिलो दिनमै विदेशबाट फर्किने नेपालीहरूको लागि रवि लामिछानेको दिए यस्तो खु:शिको अफर हेर्नुहोस।

by

in

गृहमन्त्री बनेको पहिलो दिनमै विदेशबाट फर्किने नेपालीहरूको लागि रवि लामिछानेको दिए यस्तो खु:शिको अफर हेर्नुहोस।

काठमाडौं । No Visa, Free Ticket, यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ।

हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु।

कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु। तेस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गरेका छन् ।

उनले सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको बताए । आज सांसदको सपथग्रहण समारोहमा जाने क्रममा पत्रकारहरुले लामिछानेलाई घेरेर विभिन्न प्रश्न सोधेका थिए ।

आफ्नो नागरिकता र पासपोर्टका विषयमा सोधिएको प्रश्नमा उनले यो विषय न्यायालयमा रहेको भन्दै बोल्न मानेनन् । राजनीतिक प्रश्नको चाहीँ खुलेर जवाफ दिए ।

लामिछानेलेलाई ठूला दलका पुरानै नेताले नेतृत्व गर्ने अवस्थामा रास्वपा सरकारमा जान्छ कि जाँदैन भनेर सोधिएको थियो । उनले त्यस्तो सम्भावनालाई इन्कार गरेनन् ।

उनले भने, ‘आमनागरिकले मत दिएर, विश्वास गरेर उहाँहरुलाई जिताइसकेपछि हामीले जनमतको कदर नगर्ने कुरा आउँदैन ।’ यद्यपि, आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने भित्री चाहना पनि लामिछानेले प्रकट गरे ।

र यो पनि

गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेका छन् । गृहमन्त्री लामिछानेको शपथ ग्रहण चलिरहँदा नेविसंघका नेताहरुले शीतल निवास अगाडि प्रदर्शन गरेका थिए । पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजञ्जमा राखिएको छ ।

रवि लामिछाने गृहमन्त्री बनेपछि प्रहरीमा हलचल

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि प्रहरीमा हलचल मच्चिएको छ । गैरराजनीतिक नयाँ मान्छे गृह प्रशासनको नेतृत्वमा आएपछि प्रहरी प्रशासनलाई उनले कसरी परिचालन गर्छन् भन्ने कौतुहला देखिएको छ ।

लामिछाने तीन वर्षअघि प्रहरीबाटै थुनिएका थिए । त्यतीबेला सर्वेन्द्र खनाल आइजिपी थिए । चितवनका तत्कालिन एसपी दानबहादुर मल्लले उनलाई थुनामा राखेका थिए । आफुविरुद्ध प्रहरीले सुनियोजित रुपमा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको उनको आरोप थियो । अहिले उनै प्रहरीलाई कमाण्ड गर्ने ठाउँमा पुगेका छन् ।

राजनीतिमा लागेको ६ महिनामै उनी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाउन सफल भएका छन् । पत्रकारिकतामा हुँदा उनले भ्रष्टाचारविरुद्ध चर्काे आवाज उठाएका थिए ।

अब कुर्सीमा बसेर सुधार गर्ने ठाउँमा उनी पुगेका छन् । उनले कसरी काम गर्छन् भन्ने विषय प्रतिक्षाको विषय छ । ‘गृह प्रशासनमा सुधार गर्न सकिने विषय धेरै छन्,’ गृहका एक अधिकारी भन्छन्,‘उनले कर्मचारी र प्रहरीलाई कसरी परिचालन गर्न सक्छन् त्यो महत्वपूर्ण छ ।’

राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको प्रहरीलाई लामिछानेले सही ढंगले परिचालन गर्न सके उनी सफल हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

प्रचण्डलाई ‘नो नट अगेन’ भने, उनकै गृहमन्त्री बने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेर राजनीतिमा आएपछि रवि लामिछानेले राजनीतिबाट ‘बा’हरुलाई विदाइ गर्नुपर्ने उद्घोष गरे । ‘बा’हरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये एकलाई आफूले सांसद बन्न रोक्ने भन्दै अरुलाई पनि रोक्न आह्वान गरे ।

रविले माओवादी अध्यक्ष प्रचण्डविरुद्ध चितवन–३ मा चुनाव लड्ने संकेत पनि गरेका थिए । तर प्रचण्ड गोरखा–२ तिर लागेपछि रवि चितवन–२ मा चुनाव लड्न पुगे । देउवा, ओली र प्रचण्डसँगै रवि पनि संसदमा आएनन् मात्र, हिजो नो नट अगेन भनेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिकाभूमिका निर्वाह गरे ।

नेपाली कांग्रेस आफूलाई प्रधानमन्त्री दिन तयार नभएपछि माओवादी अध्यक्ष प्रचण्ड एमालेसँग मिल्न पुगेका थिए । माओवादी र एमाले मिल्दा पनि सरकार बन्ने अवस्था थिएन । प्रतिनिधिसभामा २० सांसद भएको रविले साथ दिएपछि राप्रपा र साना दलहरु पनि आए र १६९ को समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने ।

रवि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । गृहमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि दाबी थियो । तर उनलाई रोक्दै रवि गृह मन्त्रालय पाउन सफल भए ।

हिजो जसलाई नो नट अगेन भनिएको थियो, उनीहरुकै सरकारमा गएको विषयलाई लिएर रास्वपामा असन्तुष्टि देखिएको छ । केन्द्रीय सदस्य गणेश कार्कीले सरकारमा सहभागी भएकामा लिखित असहमति नै पार्टी कार्यालयमा दर्ता गरेका छन् ।

सत्ता स्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गर्दा आम नागरिकमा निराशा रहेको भन्दै उनले भनेका छन्, ‘त्यसमा हामी अलग छौं, अलग रहने छौं र अलग गर्नेछौं भनेर मत मागेका थियौं । हतारहतार हामी पनि उनीहरु जस्तै छौं भन्न आफ्नै कान आफैंले किन चिर्न थाल्यौं ?’

कार्कीबाहेक अरुले खुलेर असन्तुष्टि व्यक्त गरेका छैनन् । तर पार्टीका अरु केही पदाधिकारी पनि सरकारमा जाने विषयमा जसरी निर्णय भयो, त्यसप्रति असन्तुष्ट छैनन् । रास्वपाका एक सांसद भन्छन्, ‘सरकारमा जाने विषयमा पनि हामीसँग खासै छलफल भएन । मन्त्रालय पनि मिडियाबाटै थाहा पाएको हो ।’

रास्वपामा सरकारमा जाने कि नजाने भन्ने बहस नै थियो । कतिपय नेताहरुले जानुपर्ने मत राखेका थिए भने कतिपय जान नहुने मत राख्थे । यसबारे पार्टीमा गम्भीर छलफल नै भएको छैन । सरकारमा जानुपर्छ भन्नेहरु पनि सभापति लामिछानेले किन गृह मन्त्रालय नै रोजे भन्ने पनि बुझ्न नसकेको बताएका छन् ।

लामिछानेले उपप्रधानमन्त्री बन्न हतार गरेको रास्वपाका एक नेता बताउँछन् । ‘यति बेला किन धेरै उपप्रधानमन्त्री राख्ने भनेर आफैंले पनि उदाहरण सेट गर्ने मौका थियो । तर के हुँदैछ भन्ने विषयमा सीमितसँग बाहेक पार्टीमा छलफल नै गरिएन’, नाम उल्लेख गर्न नचाहने एक सांसदले अनलाइनखबरसँग भनेका छन्– ‘अहिल्यै बाहिर बोलिहाल्न हतार होला, पार्टीमा छलफल राखिएला, हेर्दै जाऊँ ।’

राजनीतिक विश्लेषक केशव दाहाल पनि रास्वपा सरकारमा सहभागी हुँदा प्रश्न गर्ने प्रशस्त ठाउँहरु देखिएको बताउँछन् । ‘मन्त्रिपरिषद्मा सहभागी हुँदै गर्दा यो सरकारलाई समर्थन किन गरेको ? सरकारको नीति कार्यक्रम के हो ? प्राथमिकता के हो ? भन्ने विषयमा केही सार्वजनिक भएन’, उनी भन्छन्, ‘कम्तीमा प्रचण्ड सरकारमा उहाँ किन सहभागी हुनुभयो भन्ने त मतदातालाई थाहा दिनुपर्ने हो ।’

टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेर चर्चामा आएका लामिछानेले चुनाव जितेपछि पनि डेलिभरी पोलिटिक्समा जोड दिने गरेका थिए । ‘उहाँहरुले डेलिभरीको कुरा गर्नुभएको थियो, त्यसका लागि शिक्षा, स्वास्थ्य वा कृषि मन्त्रालय ठीक थियो’, विश्लेषक दाहाल भन्छन्, ‘गृह नै किन रोज्नुभयो ? बुझ्न सकिएन । साथीहरु नचुक्नुहोस् भन्ने मेरो कामना छ ।’

अर्का विश्लेषक प्रा. डा. राजेश गौतम युवा पुस्ताले पनि जनताको आशालाई सम्बोधन गर्न नसक्ने प्रारम्भिक संकेत देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्छन् ।

‘देशमा कसैले सिद्धान्तको राजनीति गरेन भनेर आएको पार्टी पुरानै पार्टीको नेतृत्वमा भाग खोज्छ भने कसरी अरुभन्दा फरक बन्न सक्छ ?’, गौतम प्रश्न गर्छन्, ‘यसले नयाँ पुस्तामाथिको विश्वासमा पनि प्रश्न खडा गराएको छ ।’

रास्वपाका अर्का एकसांसद पनि हतारहतार सत्तामा जाँदा नराम्रो सन्देश गएको बताउँछन् ।

‘संसदमा बसेर आफ्ना विचारहरु राखेर पनि सजग गराउन सकिन्थ्यो, जनमत निर्माण गर्न सकिन्थ्यो’, उनी भन्छन्, ‘हतारहतार मन्त्रालय रोजेर सरकारमा जाँदा रास्वपाको पनि उद्देश्य सत्तामै जाने भन्ने थियो भन्ने खाल्को सन्देश गएको छ ।’

युवा पुस्ताका लेखक नविन तिवारी लामिछानेले विगतमा बोलेका विषय लोकप्रियताका लागि मात्रै थिए कि भन्ने प्रश्न उठेको बताउँछन् । ‘पुरानो पुस्ताले बदमासी गरेको छ, बिगारेको छ भनेर गाली गरेको छ’, उनी भन्छन्, ‘तर, तपाईं आफू नयाँ बनेर जाँदै गर्दा आफू चाहिँ के गर्छु, के गर्दैछु भन्ने स्पष्ट नपार्नु राम्रो होइन ।’

तिवारीले आफैं नागरिकताको कारणले विवादित भइरहेका बेला उपप्रधानमन्त्री एवं गृहमन्त्री हुनुले धेरै प्रश्नहरु जन्माएको बताए । रविको नागरिकता विवादमा अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरिरहेको छ । तर, उनी स्वयं अहिले मुलुकको आन्तरिक सुरक्षा हाँक्ने जिम्मेवारीमा पुगेका छन् । ‘हुन त उनले कस्तो काम गर्छन्, त्यो समयले देखाउँछ । अहिल्यै भविष्यवाणी गर्न गलत हुन्छ’, तिवारीले भने, ‘प्रारम्भिक संकेतहरु चाहिँ राम्रो देखिएका छैनन् ।’

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल भने पुराना नेतालाई आराम दिने नाममा संसदमा बसेर असहयोग गर्नुभन्दा सरकारमा गएर सहयोग गर्नु नै उचित देखिएको बताउँछन् । ‘चुनाव अगाडि उहाँहरुलाई बिदा दिनुपर्छ भनेका थियौं भन्दैमा अहिले उहाँहरुलाई कामै गर्न नदिने, असहयोग गर्ने गरी निषेधको राजनीति गर्नुहुँदैन भन्ने निष्कर्ष रह्यो’, ढकाल भन्छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा जानु आफूहरुको बाध्यता भएको बताउँदै उनले थपे, ‘एक्लै सरकार बनाउन नसक्ने भएपछि सरकारमा गएका हौं, यो बाध्यता जनताले बुझ्नुपर्छ । सरकारमा जानु भनेको पनि एउटा परिवर्तन हो ।’

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी जनजीविकाको सवाल, भ्रष्टाचार र बेथितीको अन्त्य गर्ने पार्टीका प्रतिवद्धता पूरा गर्न गृह मन्त्रालय रोजिएको बताउँछन् । उनले भने, ‘अहिलेको मुख्य बेथिती गृह प्रशासनमा भएकाले त्यहाँ शुद्धीकरण हुँदा न्यायमा ठूलो प्रभाव पर्छ भन्ने सोचेर काम गर्न खोजेका हौं ।’