कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी

by

in

कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ। वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीका अनुसार अपराह्न साढे ४ बजेतिर ट्रकमा एकाएक पछाडिबाट आगो सल्किएको थियो।

पछाडि भागबाट आगो सल्किएको हुँदा आपसमा घर्षन उत्पन्न भई ट्रकमा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। ट्रकमा लागेको आगो निभाउने प्रयास जारी रहेको पनि प्रहरी निरीक्षक ठकुरीले बताए।