श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

by

in

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मादक पदार्थ सेवनगरेकी श्रीमतीले निगालोको लट्ठीले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नमोबुद्ध- ५ कानपुर बस्ने वर्ष ५९ को धनवीर दमाईलाई उनकी श्रीमती कमलाले मादक पदार्थ सेवन गरेर झगडा गर्दा निगालोको लठ्ठिले टाउकोमा हानेकी हुन् । टाउकोमा चोट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले घटनास्थललाई सुरक्षित राखिएको छ भने श्रीमानलाई कुटपिट गर्ने कमला परियारलाई नियन्त्रणमा लिई प्रहरी चैकी कानपुरमा राखेर अनुसन्धान कार्य भइरहेको जानकारी प्रहरी दिएको छ ।