सिरहामा घाँस लिन गएकी महिलाको हँसियाले घाँटी रेटेर हत्या

by

in

टुडेपाटी-
जनकपुरधाम, फागुन २७ गते ।

सिरहामा आफ्नै पतिले पत्नीको घाँटी रेटेर हत्या गरेका छन् । घाँस लिन गएको बेला सिरहाका सिरहा नगरपालिका ६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको पति रामउदगार साहले हत्या गरेको सिरहाका एसपी सन्तोष आचार्यले बताए ।

आज अपराहन्न ४ बजेतिर कमला नदीको बगरतिर घाँस लिन गएकी निर्मलाको घरेलु विवादमा पति रामउदगारले घाँस काट्ने हँसियाले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । घटना लगतै पति रामउदगारलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

यसअघि शुक्रबार राति सिरहाको गोलबजार नगरपालिका ६ की ३५ वर्षीय अनिताकुमारी साहको हत्या भएको थियो । उक्त घटनामा पति महेन्द्र साहको संलग्नता हुन सक्ने आशंका प्रहरीको छ । पति महेन्द्रसहित चारजनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *