मोटरसाईकलसहित पुलमुनी भेटियो राजविराजका युवकको शव, अनुशन्धान हुँदै

by

in

राजविराज– सप्तरीको राजविराज नगरपालिका–१६ का राजेशकुमार यादव शनिबार तिलाठीको पुलमुनि मृत अवस्थामा फेला परेका छन्। मधेश प्रदेश ३०६१ नम्बरको मोटरसाइकलसहित उनलाई मृत फेला पारिएको हो।

राजविराज– कुनौली सडकखण्डमा पर्ने तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनी यादवको शव फेला परेको हो। पुल मुनी शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घनामा परेर उनको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ। तर, कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म नखुलेको सप्तरी प्रहरीका डीएसपी ढुण्डीराज न्यौपानेले बताए। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।