मनहरीमा गुडिरहेको ट्रकमा तार सर्ट हुँदा आगलागी

by

in

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ चौधमाईलमा बुधवार साँझ ७ बजेको समयमा गुडिरहेको ट्रकमा तार सर्ट भएर अचानक आगलागी भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ख ६१८ नम्बरको खाली ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दमकल, सुरक्षाकर्मी सहितको टोलीले ट्रकमा लागेको आगोको ४० मिनेटपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । आगलागी हुँदा मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट ट्रक पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *