‘से,क्स’ वाला स्कुटरका कारण कलेजकी छात्रालाई घरबाहिर निस्किनै मुस्किल

by

in

काठमाडौं। तपाइँको नयाँ गाडीको नम्बर नै तपाइँको लागि संकटको कारण बन्यो भने के होला ? नम्बरकै कारण तपाइँले मानिसहरुको अगाडि लज्जित हुनुपर्यो भने के गनुृहुन्छ ? भारतको राजधानी दिल्लीमा कलेजकी एक छात्रालाई यस्तै भएको छ । यी युवतीको काल्पनिक नाम प्रिती बताइएको छ र उनको वास्तविक पहिचान खुलाइएको छैन ।

प्रिती दिल्लीको एक मध्यम वर्गको परिवारकी छात्रा हुन् । गत महिना उनको जन्मदिन थियो र उनले आफ्ना पितासँग जन्मदिनको उपहारको रुपमा स्कुटर मागिन् । पिताले पनि छोरीका लागि यताउताबाट पैसा जुटाएर स्कुटर किनिदिए । यहाँसम्म त सबै ठिक थियो तर जब स्कुटर दर्ता गरेर त्यसको नम्बर लिइयो त्यसपछि संकट सुरु भयो । खासमा प्रितीलाई आरटिओ (रिजनल ट्रान्सपोर्ट अफिस)ले जुन नम्बर दियो त्यो नम्बरमा संयोगले ‘सेक्स’ शब्द बनिदियो ।

यो गाडीको नम्बर कायम गर्ने निश्चित प्रक्रियाअनुसार संयोगले भएको थियो । तर, यो नम्बरका कारण प्रितीका लागि भने संकट सुरु भयो । बाटोमा मानिसहरुले प्रितीलाई यही शब्दका कारण अपमानित र लज्जित बनाउन थाले । प्रितीले पितासँग यो नम्बर परिवर्तन गराइदिन आग्रह गरिन् तर यो सम्भव हुन सकेको छैन ।

दिल्लीका एक आरटिओ अधिकारीका अनुसार अहिले गाडीको नम्बरमा इएक्स अक्षरको पालो आएको छ र यो सिरिजबाट १० हजार गाडीलाई नम्बर दिइन्छ । दुई पाङग्रे गाडीलाई चिन्न एक अक्षर प्रयोग गरिन्छ त्यसैले यो स्कुटरको नम्बर यस्तो बन्यो । तर, यो नम्बरका कारण प्रितीलाई भने स्कुटरमा घरबाहिर निस्किनै कठिन भएको छ ।

प्रिती यो नम्बर बदल्न चाहन्छिन् तर यो सम्भव छ कि छैन भन्ने विषयमा कानुनी जटिलता छ । कमिश्नर अफ दिल्ली ट्रान्सपोर्ट केके दहियाले एक भारतीय मिडियासँग कुरा गर्दै भने ‘एक पटक गाडीलाई नम्बर दिइएपछि त्यसलाई परिवर्तन गर्ने अहिलेसम्म कुनै प्रावधान छैन । यो सबै प्रक्रिया एउटा पूर्वनिर्धारित प्याटर्नमा चल्छ ।’


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *