‘लिभ इन रिलेशन’ मा रहेकी युवती बिचल्लीमा, दुई पटक गर्भपतन गराएर प्रेमीले धोका दिएको आरोप

by

in

समाजिक फीड

जनकपुरधाम, फागुन २४ गते ।

धनुषाका एक युवकसँग ‘लिभ इन रिलशनशीप’ मा बसिरहेकी एक भारतीय युवती बिचल्लीमा परेकी छन् ।

हंसपुर नगरपालिका -२ स्थित बघचौडा बस्ने कृष्णकुमार मण्डलले दुई वर्षसम्म लिभ इन रिलेशनमा बसेर आफुलाई धोका दिई अन्याय गरेको युवतीको आरोप छ ।

भारतको झारखण्ड राज्यको दक्षिणी सिंहभ्रुम ग्राम चिरिया पञ्चायत बस्ने २४ वर्षीया ती युवतीले कृष्णले आफुमाथि अन्याय गरेको भन्दै न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय धनुषा पुगेकी छन् ।

प्रेमी कृष्णले धोकाधडीसँगै नागरिकको स्मितासँग खेलवाड गरेको भन्दै गत फागुन १८ गते ती युवतीले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दिएकी छन् ।

ती युवतीका अनुसार करिब पाँच वर्षअघि समाजिक संजाल फेसबुकमा दुबैजनाको भेट भएको थियो । विस्तारै मित्रता प्रगाढ हुँदै गयो ।

ती युवती नर्स पढ्दै थिइन् भने कृष्णले फार्मेसी पढ्दै थिए । मित्रता प्रेम समबन्धमा बदलियो ।

दुबैजना निरन्तर भेटघाट गर्न थाले । तर होस्टेलमा बसिरहँदा दिनदिनै भेटघाट गर्न दुबैजनालाई अप्ठ्यारो हुन थाल्यो ।

‘उनले विवाहै गर्ने प्रमिस गरेपछि हामी चिनजान भएको तीनवर्षपछि लिभइनमा बस्न थाल्यौँ । त्यस बीचमा म दुई पटक गर्भवती भएँ । कृष्णले जबर्जस्ती मलाई गर्भपतन गर्न लगाए । जबकी म कुनै हालतमा बच्चा जन्माउन चाहन्थे । तर उनले पछि बच्चा लिउँला भनेर मलाई गर्भपात गराउन बिबस बनायो,’ समाजिक फीडसँग ती युवतीले दुखेसो पोख्दै भनिन् ।

६ महिनाअघि कृष्ण आफन्तलाई भेट्न भन्दै आफ्नो घर बगचौडा आएका थिए । प्रेमिकालाई केहीदिनमै फर्किन्छु भनेर आश्वासन दिएका थिए उनले ।

ती युवतीसँग घरमा रहँदा समेत कृष्णले निरन्तर कुराकानी गरिरहे । तर त्यहीँ बिचमा उनले आफ्नो विवाहको समेत तयारी गर्दै थिए ।

गत फागुन १४ गते कृष्णले विवाह गरे । त्यस दिनसम्म समेत आफुहरुबीच सौहार्दपुर्ण कुराकानी भएको ती युवतीले बताइन् ।

‘विवाह गरेकै दिनसम्म मैले सोध्दा उसले भोलिपल्ट बेंगलोर आउँछु भनेका थिए । तर विवाहको सजाबट देखेर मलाई शंका लाग्यो । मैले जति सोध्दा पनि उसले छिमेकीको विहे छ भनेर मलाई ढाँटयो । अन्तिममा मात्रै उसले मैले विहे गर्दैछु भनेर मलाई ब्लक गरिदिए । उनले मेरो जिन्दगीसँग खेल्यो । उनले विहे गरिरहेको थाहा पाउन साथ मैले बेंगलोरबाट जनकपुर आए’, समाजिक फीडको कार्यालयमा आएकी ती युवतीले थपिन्, ‘म उनीसँग भेट्न चाहे तर उनले भेट्न नमानेपछि अन्तिममा प्रहरीकहाँ पुगे । आफ्नो परिवारसँग उनको लागि लडेको थिएँ । बल्ला थाहा पाए कि उनले प्रेम गरेको रहेनछ । यो सबै धोकाधडी थियो । यसरी लिभइनमा बस्नु हुँदैन् । भारतमा गएर पनि म प्रहरीमा उजुरी गर्छु ।’

यस विषयमा बुझ्न हामीले कृष्णलाई कैयन पटक फोनसम्पर्क गर्ने प्रयास गर्यौ । तर उनको मोबाइलमा फोन लागेन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *