सुदूरपश्चिममा ड्रग्स युजरको अनौठो टेक्निक, ‘ब्रा’ भित्र लुकाउँछन् युवती

by

in

धनगढी: सुदूरपश्चिममा पछिल्लो समय युवतीहरु लागुऔषधको दलदलमा फस्दै गएको प्रहरी रिपोर्टले देखाएको छ। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका अनुसार पछिल्लो समय युवामात्र होइन, लागुऔषध प्रयोगकर्तामा युवतीको सँख्या पनि बढ्दै गएको छ।

हिजोमात्रै कञ्चनपुरमा एक युवतीसहित २ जना लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार हिजो (आइतबार) भीमदत्त नगरपालिका-१२ की २० वर्षीया ललिता जोशी र सोही नगरको वडानम्बर १८ का २२ वर्षीय शिरिस बोगटी पक्राउ परेका हुन्।

उनीहरुको साथबाट प्रहरीले प्लाष्टिकसहित ३.६५ ग्राम लागुऔषध (खैरो हिरोईन) बरामद गरेको थियो। स्रोतका अनुसार युवतीले ब्रा (गोप्य अंगभित्र सेतो प्लास्टिकभित्र बेरेर २ थान पुडिया) लुकाएको अवस्थामा लागुऔषध बरामद गरिएको हो।

गोप्य सूचनाको आधारमा वरिष्ठ सई केशब जोशी नेतृत्वको लागुऔषध नियन्त्रण ब्युराे शाखा महेन्द्रनगरको टोलीले दुबै जनालाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।