जेब्राक्रसमै बसले ठक्कर दिँदा १० वर्षका बालकको मृत्यु

by

in

चितनमा बसले ठक्कर दिँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षका बालक आरुष पौडेल छन् ।

भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले भरतपुर-७ माच्छापुच्छ्रे चोक नजिकै सडकको जेब्राक्रसिङमा हिँडिरहेका बालकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्कर दिएपछि बस कुदाएर भागेका चालक विकास सार्कीलाई सीताराम चोक पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताए ।