आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ

by

in

फागुन २१ गते । गोरखामा आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ को बाहैकिलोमा होटेल व्यवसायी ईश्वर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०८० फागुन १५ गते बिहान साढे ११ बजेको समयमा वर्ष ४१ का ईश्वर बस्नेतले आफ्नै होटेलमा काम गर्ने नाम परिवर्तित ख कुमारी युवतीलाई होटेलमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको युवतीको जाहेरी दरखास्तको आरोपमा आरोपी ईश्वर बस्नेतलाई आइतबार पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै आरोपीविरुद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।