इटहरीको पूर्व उपमेयर लक्ष्मी गौतमको घरमा आगोलागि , एक जना वृद्धाको जलेर मृत्यु

by

in

इटहरी । इटहरी उपमहानगरपालिकाकी पूर्व उपमेयर लक्ष्मी गौतम बसेको घरमा शनिवार मध्यरात आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । इटहरी ६ वीपी चौककी ५२ बर्सिया गाेपीमाया कटुवालको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आगलागीबाट महिलाको कोठामा भएका सबे सामान जलेर नष्ट भएको इटहरी प्रहरीलाई उदृद गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ ।

प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरेको छ । आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।