बाजुरामा पालिकाभित्रै महिला कर्मचारीबीच कुटाकुट [भिडिओ]

by

in

धनगढी: बाजुरामा पालिकाभित्रै कर्मचारीको लफडा भएको छ। हिजो (शुक्रवार) जिल्लाको बडिमालिका नगरपालिकामा लफडा भएको हो।

स्रोतका अनुसार मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो।

कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा लफडा भएको बुझिएको छ।

कुटाकुटपछि दुबैलाई चोट लागेको छ। सुर्यबंसी भने अस्पतालमा उपचाररत छन्।

यस विषयमा नगरपालिकाले भने छानबिन गर्ने जनाएको छ।