नाबालिकालाई बन्धक बनाएर पटक-पटक करणी गरेको अभियोगमा गोरखा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं. १८ घर भई जिल्ला काठमाडौं, बालुवाटार बस्ने बर्ष ३२ का प्रदिप लामा लोप्चन छन् ।
गोरखा प्रहरीका अनुसार उनले १२ वर्षकी नाबालिकालाई प्रलोभन देखाई काठमाडौंबाट माघ २१ गते भगाएका थिए । गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठका अनुसार बालिकालाई फागुन १ देखि ६ गतेसम्म गोरखाको पालुङटार ल्याएर राखेका थिए ।
पीडित बालिकाका आफन्तले काठमाडौं प्रहरी परिसर, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवामा जाहेरी दिएपछि गोरखा प्रहरीले फागुन १२ गते लोप्चनलाई काठमाडौंबाट पक्राउ गरेको थियो । यसबीचमा पटक-पटक करणी गरेको खुलेको छ ।
पक्राउ परेका लोप्चनबिरुद्ध जिल्ला अदालत गोरखामा जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी ५ दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको ले जानकारी दिए ।
Leave a Reply