शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

by

in

काठमाण्डौँः प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ नियन्त्रणमा लिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो।

cp
केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर कुटपिट गरेको उनीमाथि आरोप छ। उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।