सामूहिक हत्यापछि काजीले भनेका थिए– सुन सबै दराजमै छ,अनिशलाई हेला नगर्नू

by

in

काठमाडौं । काठमाडौंको सितापाइलामा बुधवार भएको हत्याकाण्डपछि झुन्डिएको अवस्थामा फेला परेका राजु घिमिरे भन्ने काजी विश्वकर्माको मोबाइलबाट प्रहरीले सुसाइड नोट प्रकृतिको भिडियो फेला पारेको छ ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार काजीले घटनापछि उक्त भिडियो रेकर्ड गरेको देखिएको छ । भिडियोमा काजीले श्रीमती ईश्वरीमाथि अनेकन् लाञ्छना लगाएका छन् ।

धेरै परपुरुष सम्बन्धमा रहेको र केही घटनाबारे आफूलाई अहिले आएर थाहा पाएको उनले भिडियोमा बोलेको अनुसन्धान अधिकारी बताउँछन् । ईश्वरीले एक व्यक्तिमाथि लगाएको बलात्कारको आरोपमा पक्राउ परेका एक व्यक्ती गत फागुन १ गते मात्र धरौटीमा छुटेका थिए ।

प्रहरीका अनुसार भिडिओमा उनले भनेका छ–मैले हिजो बेलुका भनेको काम गरिसकेको छु । मैले भनेको सबै कुरा भइसक्यो ।

यो भिडिओ सुनेर रमेशलाई र चितवनको केटालाई छाड्ने होइन। रमेशबारे पनि सबै कुरा तँलाई थाहा रहेछ (बुहारी जेनिशा)। तैँले सबै कुरा किन गुपचुपमा राखिस् ? पहिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन । तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ ।

मैले बाँचेर गरी खाने ठाउँ भएन। त्यही भएर मैले यस्तो निर्णय गरेको छु । तिमीहरू मिलेर गरिखानू । ममीजस्तो भएर नहिँड्नु । त्या अनिशलाई चाबी र कागजपत्र जिम्मा दिएको छु । अनिशबाट तैँले लिनु, कसैलाई पनि नदिनु चाबी । सुन सबै दराजमै छ । अनिशलाई हेला नगर्नू,नत्र राम्रो हुँदैन ।

ईश्वरी र काजीका तर्फबाट एक छोरा र एक छोरी थिए । ईश्वरीको पहिलाको श्रीमानतर्फका एक छोरा र छोरीलाई काजीले स्विकारेर आफैसँग बसालेका थिए ।

ईश्वरीको पहिलाको श्रीमानतर्फको छोराकी छोरी र आफ्नी छोरीको हत्या गरेर काजीले बुधवार आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।