दाजुको बलात्कारबाट बहिनी गर्भवती भएपछि बहिनीले गरिन् दाजुको छोरा अपहरण

by

in

काठमाडौं । धादिङको थाक्रेस्थित आग्राखोलामा बस्ने एउटा परिवारमा दर्दनाक घटना भएको छ । दाइको बलात्कारबाट २५ वर्षीया युवती गर्भवती भइन् ।

बच्चा जन्माउन अस्पतालमा जाँदा ७ महिनाको नवजात शिशुको मृत्यु भयो । त्यसपछि माघ २० मा उनले आफूमाथि बलात्कार गर्ने दाइको १३ महिने छोरालाई अपहरण गरेर काठमाडौँ ल्याएको घटना बाहिर आएको छ । पीडितले नाबालकलाई काठमाडौँमा ल्याएर उनका साथिहरु कमल बिक र शारदा क्षेत्रीको डेरामा छाडिन् ।

तनहुँ घर भएर रातोपुल नजिकै बस्ने २७ वर्षीय कमल र ३३ वर्षीया शारदा पति–पत्नी हुन् । माघ २१ मा बिहान ३ बजेतिर वाकिङमा निस्केकाहरुले रातोपुलस्थित फोहोर फाल्ने ठाउँमा बालक रोएको आवाज सुनेपति प्रहरीलाई खबर गरे । अस्थाई प्रहरी पोष्ट रातोपुलबाट खटिएको टोलीले नाबालकलाई उद्धार गरे । बालकलाई काठमाडौँबाट ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले बलात्कारमा संलग्न ३३ वर्षीय दाजु र बलात्कृत बहिनीसहित ५ जनालाई पक्राउ गरेको छ । दाजुलाई हाडनातामा बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी मिश्रले जानकारी दिए । बलात्कार आरोपी दाइ माघ २१ मा पक्राउ परेका हुन् । बलात्कृत तर, अपहरणमा संलग्न युवतीलाई माघ २४ मा पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

काठमाडौँमा डेरामा बसेर अपहरण गरेको बच्चालाई रातोपुलस्थित सड्कमा राख्न सहयोग गरेको आरोपमा कमल बिक र शारदा क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेर अपहरण मुद्दामा अनुसन्धान गरिरहेको छ । दाजुले बलात्कार गरेको खुलेपछि थाक्रे गाउँपालिका–४ घर भएका देवेन्द्र कुमार थापाले पनि ती २५ वर्षीया युवतीलाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट देखिए छ । ३९ वर्षीय देवेन्द्रलाई पनि माघ २१ मा पक्राउ गरेर बलात्कार मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । अहिले ३ जना अपहरण र दुईजना बलात्कार मुद्दामा जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन् ।