मध्यराति घरभित्रै सल्किएको आगोमा जलेर दाजुबहिनीको मृत्यु

by

in

मुगुको खत्याड गाउँपालिका– २, गाडेखोलामा घरभित्रै सल्किएको आगोमा जलेर दाजुबहिनीको मृत्यु भएको छ । आइतबार राति लालु सन्ज्यालको घरमा आगलागी हुँदा १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले सोमबार बिहान आगो नियन्त्रणमा आएपछि खोजी गर्दा विशाल र झरनाको शव डढेको अवस्थामा घरभित्रै फेला परेको जानकारी दिए । वडाध्यक्ष हेमराज मल्लका अनुसार रातको २ बजे घरमा आगो दन्किएपछि आमा सरस्वती र छोरा विशाल बाहिर निस्केका थिए । तर, विशालकी आमा छिमेकीसँग गुहार माग्न थालिन् भने विशाल बहिनीलाई ल्याउन भन्दै घरत्रि छिरेका थिए । सोही अवस्थामा दाजुबहिनी नै जलेको उनले बताए । विशाल कक्षा सातमा र झरना कक्षा चारमा जनजागरण मावि सेरीमा अध्ययन गर्थे ।

ad
आगलागीमा पाँच पशुचौपाया पनि मरेका छन् । आगलागी भएको घरमा लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्याल दाजुभाइ छुट्टाछुट्टै भान्सा बनाएर बस्दै आएका थिए । लालु भने रोजगारीका लागि भारतमा छन् । काठ, ढुंगा र माटोबाट बनेको कच्ची घरमा भान्साबाट आगो सल्केको हुन सक्ने अनुमान गरिए पनि यकिन कारण नखुलेको डिएसपी थापाले बताए ।