महोत्तरीमा सवारी दुर्घटना ३१ जनाको मृत्यु,प्रदेशमै २५५ ले गुमाए ज्यान

by

in

महोत्तरी । चालु आर्थिक वर्षको पौष मसान्तसम्म महोत्तरीमै ३१ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ भने मधेश प्रदेशमै २५५ को ज्यान गएको छ । महोत्तरीको २६५ सहित प्रदेशमै भएको कुल ४४७७ सवारी दुर्घटनामा सो मृत्यु भएको हो । मृत्यु हुनेहरुमा महिला र पुरुषसंगै बालबालिका समेत छन । यता ठुला,मझौला र साना सवारी साधनहरुबाट भएका दुर्घटनाबाट महोत्तरीमा ८४ गम्भिर र ३२५ सामान्य घाईते सहित मधेश प्रदेशमा ५०६६ जना घाईते भएका छन ।

ट्राफिक प्रहरीले निरन्तर चेकजाँच गर्ने ,कार्यवाही गरि जरिवाना तिराउने तथा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेर सडक दुर्घटना कम गर्ने प्रयास गरेपनि दुर्घटनामा भने कमि आउन सकेकोछनै । मुख्य तथा भित्री सडकहरुमा समेत ओभरस्पिड तथा मादक पदार्थ सेवनकै कारण दुर्घटना हुने संख्या धेरैछ भनेकेहि दुर्घटना मौसमक कारण समेत भएको देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक रामभक्त भट्टराईले भएका सवारी दुर्घटनामा मोटरसाईकल बढी दुर्घटनामा परेको बताए ।

उनले हेल्मेट नलगाउने,मापसे गरि सवारी साधन चलाउने,एउटै मोटरसाईकलमा तिन देखि चारजना बस्ने,ओभर स्पिडमा मोटरसाईकल कुदाउने र सवारी चालक अनुमतिपत्र नभएकाहरु बढी दुर्घटनामा परेको थपे । उनले वर्तमान समयमा बाक्लो हुस्सुकै कारण समेत सवारी दुर्घटनाहरु भएको थपे । महोत्तरीमा कुल २३३४८ सवारी कार्यवाहीमा परेकोमा सो मध्ये सवै भन्दा वढी १२५२८ मोटरसाईकललाई कार्यवाही गरिएको छ ।

सो पछि ४८२८ कारजिप र ४०९८ ट्रक कार्यवाहीको सुचिमा समावेश छन । महोत्तरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित गौशाला,रामगोपालपुर, जलश्ेवर,आरैही,मटिहानी,पिपरा,लाहोरपट्टी ,बलवा,खैरवनी,माईस्थान र गौरीडाडा गरि कुल १२ युनिटबाट भएको सो कार्यवाहीबाट एक रोड,एकानब्बे लाख,छयानब्बे हजार ५०० जरिवाना समेत उसुल गरिएको छ ।

जनशक्ति र उपकरण कम भयो ः प्रहरी निरिक्षक भट्टराई

यता महोत्तरी भरि नै ट्राफिक परिचालन गर्नु पर्नेमा हालसम्म जिल्ला सहित १२ युनिटबाट ट्राफिक प्रहरी परिचालन भैरहके ोमा यसलाई अझै बढाउन सकिने र भएका युनिटहरुमा जनशक्ति थप गर्नु पर्ने भएपनि जनशक्ति अभावमा भने सो गर्न नसकिएको ट्राफिक प्रहरी निरिक्षक भट्टराईले बताए । उनले आजकै मितिमा कुल ५३ जनामात्र जिल्लाभरि छरिएर रहके ोमा जनशक्ति थपिए अझै ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सकिने थियो ।

उनले राडार समेत विग्रेर काम नलाग्ने भएकोमा त्यसकै कमी सिसिटिभी फुटेज हेररे र अन्य माध्यमले पुरा गरिरहेको थपे । यता मापसे चेक गर्ने यन्त्र समेत थोरैभएको र भएकोमा समेत केहि विग्रेकोमा मापसे जाँचमा समस्या रहके ोथपे। उनलेकेहि डमीहरु थप्ने योजनामा रहेको र सोहिमा काम भैरहेको बताउदै डमी ट्राफिक समेत प्रयोगमा ल्याउने प्रयास भैरहेको थपे । मधेश प्रदेशमै पौष मसान्तसम्म ११८८०९ सवारी कार्यवाही भएकोमा उक्त कार्यवाहीबाट १० करोड ५ लाख ५८ हजार ९०१ रुपया जरिवाना उसुल गरिएको