विकास नभएको भन्दै वडा अध्यक्षलाई स्थानियले बिजुलीको पोलमा बाँधे |

by

in

काठमाडौं । जव कुनैपनि तह र पदका लागी निर्वाचन हुन्छ, तव प्रतिनिधिहरुको नारा नै ‘बिकास’ हुन्छ । यो गर्छौं, त्यो गर्नेछौँ, तर जव उनिहरु निर्वाचित हुन्छन्, एकाध बाहेक धेरैले आफ्नो बाचा विर्सिन्छन् ।

यो त हाम्रो नेपालको परम्परा नै बनेको छ । नेपालमा मात्रै होइन छिमेकी भारतमा पनि हालत उस्तै छ । भारतमा त्यस्तै नियती जनतालाई भोग्न बाध्य पार्ने एक वडा अध्यक्षलाई भने स्थानियले अनौठो सजाय दिएका छन् ।

जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बामा बाँधे । तर उनलाई कुटपिट नगरी घाममा सुकाइएको छ ।

यो घटना छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको हो । मोहनिया नगर परिषद्को वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँधेको हो । मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा बर्षाको मौसममा बाटोमा हिड्न कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई यसरी रिस पोखे ।

उनलाई पोलमा बाँधेर यसको सूचना नगर पँचायतका अध्यक्षसहित अन्य पदाधिकारीहरुलाई समेत दिएको समाचारमा बताइएको छ ।वडा नं १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भोग्नपुपरेको छ ।

स्थानीयहरुलाई पैदल हिंड् समेत नसकिने अवस्था भएपछि उनिहरुले यस्तो जुक्ती निकालेर निर्वाचित हुँदा गरेको बाचा पुरा नगर्ने वडा अध्यक्षलाई बाँधेर घाममा सुकाए ।