बराहक्षेत्रकी कल्पना खड्कालाई उपचार गर्न आर्थिक अभाव सहयोगको अपिल

by

in

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ पिसुपुल स्कुल नजिक बस्ने ३० बर्षीय कल्पन खड्काको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन ।

माइतीघर भोजपुर रहेकी कल्पना २०७४ सालमा बराहक्षेत्र ५ बस्ने बद्री खड्का संग बिबाह गरेकी कल्पनाको अहिले एउटा ६ बर्षकि छोरी समेत रहेको छ।
ऊनी माघ १७ गते बुधबार बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट खस्दा हात खुट्टा र अन्य शरीरका भागहरु बाचिएको बिरामी कुरुवा भिनाजु खम्ब सिंह खत्रीले बताउनुभयो ।

रुख बाट खसेर शरीरका बिभिन्न अगं दुईवटा हात खुट्टा भाचिएकोले सबै अपरेसन गरि स्टिल लगाउनु पर्ने आइतबार दुबै हातको अपरेसन गर्नु पर्ने भएपनि अहिले आर्थिक अभावले अस्पतालमा कल्पना छटिपटिरहेकि छिन।
कल्पना भन्छिन् मलाई बाच्नु मन छ मेरो छोरीको लागि भएपनी म बाच्नु छ हजुरहरुले मलाई बचाउन जति सक्नुहुन्छ त्यति आर्थिक सहयोग गरि बचाउन बिन्ती गर्दछु ।

आर्थिक स्थित अत्यन्त नाजुक भएको र उपचार गराउन अझ बढी पैसा खर्च हुने भएकोले अहिले
उपचार गर्न निकै कठिन भएको छ।

आर्थिक अवस्था एकदम नाजुक छ छोरा बिदेश छ भन्नू मात्र छ घरमा बिरामी हुँदा लिएको ऋण अझै तिर्न सकेको छैन । अचानक बुहारी रुख बाट खसेर अहिले उपचारका लागी बिराटनगरमा रहेको नोबेल अस्पतालमा छ तर पैसा छैन बुहारीलाई बचाउनको लागी सबैबाट स्वच्छिक आर्थिक सहयोग गर्न आग्रह गर्दै परिवार ।

देश, बिदेश बाट सहयोग गर्ने मनहरुले NICASIA बैंक नाममा रहेको खाता नं.A987984881652501 मा जम्मा गर्नु सक्नुहुनेछ खाता भएको ब्याक्ती बिरामीको भिनाजु खम्ब सिंह खत्री रहेको छ । 9852073440, बिरामीको आमा बिमला खड्का 9812778472


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *