जापानमा फेरि अर्का २२ वर्षिया नेपाली विद्यार्थीको आकस्मिक निधन

by

in

नागोया/जापान। जापानमा फेरि अर्को एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ।

मिए प्रिफेक्चरको मिए जापानी ल्याङ्ग्वेज इन्स्टिच्युटमा अध्ययनका लागि आएका नेपालको धनकुटा स्थायी घर भएका २२ वर्षिया रबिन पौडेलको असामयिक दुखद निधन भएको हो। पौडेल विद्यालयकै होस्टेलमा बस्दै आएका थिए।

३ महिना अघिमात्रै जापान आइपुगेका पौडेल होस्टेलको कोठामै अचेत भेटिएपछि,उपचारको लागि नजिकैको अस्पत्ताल लगिएको थियो । उनको उपचारकै क्रममा आईतबार निधन भएको स्रोतले बताएको छ।

गत साताको बुधबार पनि मिएसंगै सिमाना जोडिएको नागोया प्रिफेक्चरमा लम्जुङ स्थायी ठेगाना भएका २२ वर्षिया युवराज तामाङ्को असामयिक निधन भएको थियो।