धमाधम फिल्ममा फर्किदै पुराना कलाकार

by

in

नायक राजवल्लभ कोइराला फिल्म ‘एक्टर’बाट कमब्याक गर्दैछन् । यी नायकले नेपाली फिल्म क्षेत्रमा कुनै समय राम्रो चर्चा पाएका थिए । तर, अमेरिका गएपछि उनको र फिल्म क्षेत्रको कनेक्शन टुट्यो । उनी, आफ्नो काममा व्यस्त भए भने नेपाली फिल्म क्षेत्र आफ्नै लयमा दौडिरहेको छ ।

तर, विश्वको जुनसुकै कुनामा भएपनि अभिनय गरिसकेका कलाकारहरूलाई पर्दामा देखिने हुटहुटीले छाड्दैन । यसैले, उनीहरू कुनै न कुनै समय पर्दामा फेरि फर्किन्छन् ।

नायिकाहरू करिश्मा मानन्धर, गौरी मल्लदेखि नायकहरू सरोज खनाल, रमेश उप्रेतीले फिल्म क्षेत्रमा आफ्नो कमब्याक गराइसकेका छन् । राजाराम पौडेलले ९ बर्ष अमेरिकामा बसेर फर्किएपछि फेरि जमिरहेका छन् ।

पुराना कलाकारहरू धमाधम पर्दामा फर्किने क्रममा नायिकाद्धय ऋचा घिमिरे र पूजा चन्द पनि दर्शकमाझ आउँदैछन् । उनीहरूले अमेरिकामा नै छायांकन भएको फिल्म ‘भूठान’मा काम गरेका छन् । अब, यी दुई कलाकारको भूमिका फिल्ममा के छ, त्यो खुलेको छैन ।

पर्दामा फर्किने क्रममा नायिका विपना थापा पनि ८ बर्षपछि फिल्म ‘ह्रस्व दीर्घ’बाट दर्शकमाझ आउँदैछिन् । नीता ढुंगानाले निर्माण गरेको यो फिल्मको दोस्रो सेड्यूलको छायाङ्कनका क्रममा विपना एक महिना चितवनमा रहिन् ।

उसो त, विदेशबाट नेपाल आएको समयमा अधिकांश कलाकारहरूले पर्दामा फर्किन चाहेको बताइरहेका हुन्छन् । तर, नेपाली फिल्म क्षेत्रले कतिपयलाई कमब्याक गराएको छ भने कतिपयलाई खासै वास्ता गरेको देखिँदैन ।

तर, दर्शकले कुनै समय निकै रुचाएका कलाकारहरु फेरि पर्दामा आउनु सुखद कुरा हो


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *