खहरेचोकस्थित निर्माणाधिन पाँचतले घरबाट खसेर ३७ वर्षीय ईञ्जिनियर प्रबिण भट्टराईको मृत्यु

by

in

पोखरा, १६ माघ । पोखरा महानगरपालिका वडा नं. ६, खहरेचोकस्थित निर्माणाधिन पाँचतले घरबाट खसेर आज मंगलबार पोखरा–८, रत्नचोकका ३७ वर्षीय ईञ्जिनियर प्रविण भट्टराईको मृत्यु भएको छ । निर्माणाधीन घरमा तातो पानी आउने प्रणाली हेर्न जाँदा उनी लिफ्टबाट खसेका थिए ।

निर्माणाधिन घरको तातो पानीको सर्भे गर्ने क्रममा दिउँसो १ बजेको समयमा लिफ्टबाट खसेर घाईते भएका ईञ्जिनियर भट्टराईको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा दिउँसो २ बजेर २७ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । ईञ्जिनियर भट्टराई पोखरा न्यूरोडमा रहेका मुक्ति ईनर्जी प्रा.लि.का पूर्वकर्मचारी हुन् । हाल उनले आफ्नै छुट्टै व्यवसाय सञ्चालन गर्दै आईरहेका थिए । उनी वैकल्पिक विद्युतीय उर्जा सम्बन्धि विशेष दख्खल राख्दथे ।