काठमाडौंबाट बाजुरा जाँदै गरेको बस टिपरसँग ठोक्किँदा १७ जना घाइते

by

in

रूपन्देही । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् ।

बसमा ३५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए।

काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर बिहीवार राती सुनवल – ४ अल्कत्रे डाँडा नजिकै एक आपसमा ठोकिएका हुन् ।

घाइतेहरूमध्ये १३ जना देवदह मेडिकल कलेज भलुही,४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।