डोटीका यी वडाअध्यक्ष, जसले आफै एम्बुलेन्स हाँकेर बिरामीलाई धनगढी पुर्‍याए

by

in

डोटी : डोटीका एक वडाअध्यक्षले आफैं एम्बुलेन्स चलाएर बिरामीलाई कैलालीको धनगढी पुर्‍याएका छन्। दिपायल सिलगढी नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष राजेन्द्र खड्का शनिबार एक बिरामी बालक लिएर राजपुरबाट धनगढीस्थित माया मेट्राे अस्पताल पुगेका हुन्।

एम्बुलेन्स चालक तालिममा गएकाले खड्काले एम्बुलेन्स हाँकेर बिरामीलाई सेवा दिएको स्थानीय तुलाराम भुलले बताएका छन्।

करिब ३ महिनाको शिशुको उपचार महाकाली मेडिकलमा उपचार सम्भव नभएपछि माया मेट्राे लैजानुपरेको वडा अध्यक्ष खड्काले बताएका छन्।

कडा खालको निमोनियाले स्वासप्रश्वासमा शिशुमा गम्भीर समस्या आएको थियो। त्यसैले अक्सिजन दिएर शिशुलाई महाकाली मेडिकलबाट लगिएको उनले बताए।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *