गायिका रचना रिमाल सवार गाडीलाई ट्रकको ठक्कर

by

in

काठमाडौँ । गायिका रचना रिमाल दुर्घटनामा परेकी छन् । आइतबार नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जानेक्रममा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेको हो ।

 

रिमाल सवार गाडीलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको र गाडीमा केही क्षति पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । गाडीमा सवार यात्रुहरु भने सबै सकुशल रहेको उनले बताएकी छन् ।

 

 

गायिका रिमालले भनेकी छन् :‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ।’

 

साथै आज लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति सोमबार हुने समेत उनले बताएकी छन् । रिमालले आज महोत्सवमा उपस्थित हुन नसकेकोमा क्षमा

समेत मागेकी छन् ।