श्रीमती विदेशमा दु: ख गर्दैश्रीमान भने यता र ‘क्सी खाएर आफ्नै छोरा छोरीलाई यस्तो सम्म गर्दै (हेर्नुहोस् भिडियो)

by

in

काभ्रे जिल्ला पनौतीचोक घर भएर हाल वैदेशिक रोजगारीको क्रममा जोर्डनमा रहेकी सुनिलामाया तामाङ नाम गरेकी एक महिला आफ्ना नेपालमा पाँच सन्तान रहेको र।

श्रीमानले छोराछोरीको उचित रेखदेख नगरेको भन्दै रुदै सहयोगको अपेक्षाका साथ मिडियामा आएकीछिन । श्रीमानले जाँडरक्सी खाएर बेलुका घर आएर छोराछोरी कुटपिट गर्ने गरेको र घरबाट नै निकाल्दिने गरेको बताउँदै रुन्छिन उनी ।

छोरिहरुलाई भुत्ल्याउने, लात्तिले हान्ने र घरबाट समेत निकालिदिएको उनी बताउँछिन । आफूले पठाएको पैसा अस्तब्यस्त बनाएर घर बनाएको ॠण पनि नतिरी श्रीमानले आफ्ना छोराछोरीलाई समेत घरबाट निकालिदिएको उनको भनाई रहेको छ ।

हाल उनका छोराछोरी श्रीमानसँग नरहेको र दाजुको कोठामा गएर बसेको उनले बताएकिछिन । हेमन तामाङ नाम गरेका श्रीमानलाई आफूले चारपाँचवटा फोन पठाइदिएको तर सबै रक्सी खाएरै सकेपछि आज सम्पर्कमै नरहेको उनी बताउँछिन ।

श्रीमानले छोराछोरीमाथी गरेको अत्याचा/रको छोरिहरुसँग भिडियो नै रहेको बताउँछिन उनी । उक्त घर बनाएको ॠण अब आफूले नतिर्ने र अन्तै घर बनाएर बालबच्चाको साथमा अर्कै बिबाह गरेर बस्ने कुरा पनि उनले खुलाईन । अबदेखी आफूलाई स्वास्नी भनेर खोज्न आउने श्रीमानसँग कुनै हकअधिकार नरहेको उनले बताईन । हिसाब नै गर्ने हो भने श्रीमानले २२ लाख रुपैयाँ रक्सी खाएर नै सकेको उनी बताउँछिन ।

श्रीमानले केही काम नगर्ने र आफूले पठाएको पैसाले रक्सी खाँदै बसेको उनी बताउँछिन । श्रीमानले घर राम्ररी नसम्हालेपछी आफूले दुख गरेर पैसा कमाएको के नै अर्थ रह्यो र भन्दै गुनासो गर्छिन उनी ।

आफूसँग श्रीमान बोल्न नै नमान्ने गरेको बताउँदै उनले मिडियाकर्मिसँग आफ्नो एकचोटी श्रीमानसँग सम्पर्क गराइदिन अनुरोध पनि गरेकीछिन । आफूले पठाएको पैसा लिएर श्रीमान भागेको र एकबर्षदेखी सम्पर्कमा नआएको उनको गुनासो रहेको छ ।