गोप्य सूचना र फुटेज : विमानस्थलको लफडामा प्रहरी कि अध्यागमन कर्मचारी सही ? [ भिडियो ]

News

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको विवादको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज अनलाइनखबरले फेला पारेको छ । शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको भिडियोमा देखिन्छ ।

‘वाक थ्रु गेट’ पार गरिसकेका मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गर्छन् । प्रहरी जवान अझै जाँच गर्ने प्रयास गरिरहन्छन्, त्यहीबीच विवाद हुँदा भनाभन र धकेलाधकेल भएको देखिन्छ । त्यसपछि ड्यूटीमा खटिएका प्रहरीका असई आएर कुटपिट गरेको फुटेजमा देखिएको छ ।

हेर्नुस् पूरा भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *