नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया पारे सफल

by

in

नेपालकै टप आँखा चिकित्सकहरु मिलेर रमेश प्रसाईको आँखाको शल्यक्रिया पारे सफल, रमेश प्रसाईले आँखा देखे लगत्तै खुशी हुँदै

सबैभन्दा पहिला हेरे भर्खरै जन्मेकी छोरी र पत्नि नन्दालाई, रमेशले आँखा देख्न थालेपछि खुशीले फुरुगं छिन् नन्दा, रमेशको शल्यक्रिया सफल भएपछि रवि पुगे अस्पतालमा नै बधाई दिन,

१२५ सेग्मेन्टका स्कुटरमा चर्को प्रतिस्पर्धा,कुन ब्रान्डको कति पर्छ मुल्य ? पछिल्लो समय स्कुटर उत्पादक कम्पनीहरूले पावर र उत्कृष्ट डिजाइनलाई प्राथमिकतामा राख्न थालेपछि स्कुटरको क्रेज ह्वातै बढेको छ । पावरफुल र बोल्डनेसकै कारण स्कुटर सबैको रोजाइमा पर्न सफल भएको हो

स्कुटरको पावर पनि बाइकसँग तुलना गर्न थालिएको विक्रेता कम्पनीहरू बताउँछन् । सुधारिएको सस्पेन्सन,आरामदायी सिट,पहिलाभन्दा ठूलो फ्यूल ट्यांक र बोल्ड लुक्सका कारण महिला–पुरुष दुवै स्कुटरतिर आकर्षित भइरहेको देखिन्छ ।

नयाँ प्रविधिसँगै पछिल्लो समय डिस्क ब्रेक,राम्रो सस्पेन्सन,पावरफुल इन्जिन,स्टाइलिस र लामो दूरीमा पनि सजिलै चलाउन सकिने हुँदा स्कुटरको माग बढेको विक्रेता कम्पनीहरु बताउँछन । पछिल्लो समय सबैको नजर स्कुटरमै पर्न थालेपनि सबै कम्पनीहरुले डिजाइनलाई परिमार्जित गरेका छन् ।

होन्डा,यामाहा, टिभिएस, सुजुकी, महिन्द्रा, अप्रिलिया, भेस्पा लगायत विभिन्न कम्पनीले १२५ सिसीको स्कुटर बजारमा ल्याइरहेका छन । बजारमा अहिले भेस्पा, यामाहा फेसिनो, यामाहा रे जेडआर, टिभिएस एनटर्क, होन्डा एभिएटर, होन्डा ग्राजिया, सुजुकी एक्सेसलगायत १२५ सिसीका स्कुटर लोकप्रिय छन ।

कुनैसमय होन्डा डिओले स्कुटर बजारमा एकाधिकर जमाएको थियो । अहिले पनि लोकप्रियता उस्तै छ । बिगत २ बर्ष अघिसम्म ११० सीसी सेग्मेन्टको माग बढी रहेकोमा त्यसयता पावरफुल सेग्मेन्टमा पर्ने १२५ सीसीको माग बढ्न थालेको हो ।

हाल यो सेग्मेन्टमा प्रायः सबैजसो ब्रान्डका स्कुटर उपलब्ध रहेपनि बजारमा चर्चा भने टीभीएस एनटर्क, होन्डा ग्राजिया र यामाहा रे जी आरको बढी छ । सर्बाधिक बिक्री हुने टप थ्री स्कुटरमा समेत यी स्कुटर समावेश छन् । यी सेग्मेन्ट अन्तर्गत हिरो, सुजुकी, अप्रिलिया र भेस्पा लगायत ब्रान्डका स्कुटरको समेत कारोबार हुँदै आइरहेको छ ।

टीभीएस एनटर्क : टीभीएस एनटर्कले बजारमा स्कुटरलाई हेर्न नजर नै परिवर्तन गरिदिएको छ । पावरफूल इन्जिन र बोल्ड डिजाइनका कारण सबै उमेर समुहका मान्छेले यो स्कुटर मन पराउँछन । नेपाली सडकमा यो स्कुटर अहिले छ्यापछ्याप्ती देखिन थालेको छ ।

१२५ सीसी सेग्मेन्टमा मात्र नभई स्कुटर सेग्मेन्टमै सर्वाधिक बिक्री हुने मोडल हो टीभीएस एनटर्क । आकर्षक लुक्स, उच्चतम पावर, नवीनतम फिचर्स र बलियो तथा टिकाउ पार्टपूर्जाका कारण टीभीएस एनटर्क सर्बाधिक रुचाइएको मोडलमा पर्न सफल मानिन्छ । यो स्कुटरलाई नेपालमा जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ ।

रेगुलर, रेस र स्क्वाड एडिसनमा उपलब्ध रहेको यो स्कुटरको अधिकतम पावर ९.३८ पिएस र टर्क १०.५ एनएम रहेको छ ।प्रतिलिटर५६ किलोमिटर माइलेज दिने एनटर्कलेमा स्मार्ट कनेक्टेड फिचर्स, एलइडी डिआरएल र एलइडी हेडलाइट जस्ता फिचर्स उपलब्ध गराइएको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा २ लाख १६ हजारदेखि २ लाख ७८ हजार रुपैयाँसम्म पर्छ ।

यामाहा रे जीआर : यामाहाका सुरुमा फेसिनो धेरै लोकप्रिय थियो । तर, अहिले एफआई र बोल्ड डिजाइनमा परिमार्जित गराएर बजारमा आएपछि युवा वर्गको अकर्षण त्यतै तिर छ ।यामाहा रे जीआर स्ट्रिट ¥याली १२५ सीसी सेग्मेन्टमा टीभीएस एनटर्क र होन्डा ग्राजियापछि सर्बाधिक बिक्री हुने स्कुटरका गनिन्छ । नेपाली बजारमा एमएडब्लु इन्टरप्राइजेज बिक्री गर्दै आएको छ ।*