नेपालीले भारतीय नागरिककी श्रीमती र धनमाल लुटेर गायब, छोराले गरे आत्महत्या

by

in

कैलाली । नेपालीका कारण एक भारतीय नागरिकको परिवार बिचल्लीमा परेकाे छ । नेपालीले भारतीय नागरिककी श्रीमतीसहित धनमाल गायब पारेपछि भारतको हैदराबादका कुलदीप सिंहको परिवार अहिले विक्षिप्त अवस्थामा छ । नेपाली नागरिकले आमाको अश्लील भिडियो पठाएपछि कुलदीपका जेठा छोराले आत्महत्या समेत गरेका छन् ।

हालसम्म गुमनाम रहेका उनीहरुको खोजीकार्यमा सहयोग गरिदिन भारतीय परिवारले हारगुहार गरिरहेको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ८ का चेतन सिंह कामको खाजीमा गत कार्तिक महिनामा हैदराबाद पुगेका थिए । उनलाई त्यहाँका व्यापारी कुलदीप सिंहले मासिक २१ हजार भाडा तिर्ने गरी आफ्नै पसल अघि राखेको ठेला भाडामा दिए ।

चेतनले त्यहाँ फास्ट फुडको व्यापार गर्थे । उनले लगातार ३ महिना सम्म ठेला चलाए । तर व्यापार राम्रो नभएको भन्दै चेतनले कुलदीपलाई मासिक भाडा दिएनन् । केही दिन नेपाल आउने र फर्केपछि भाडा दिने बताएका थिए ।**

त्यही बिचमा कुलदीप काम बिशेषले राजस्थान गए । त्यही मौका छोपी कुलदीपकी ३८ वर्षीया श्रीमती कविता काबिया, २ थान ल्यापटप, करिब १८ लाख नगद भरतीय रुपैयाँ र ६० तोला सुन सहित चेतन पनि बेपत्ता छन् । यो घटनाले भारतीय परिवारका बज्रपात निम्तीएको छ ।

चेतनले आमा अश्लील भिडियो पठाए पछि कुलदीपमा २२ वर्षिय जेठा छोराले आत्महत्या गरेका छन् । उनका अर्का छोराले आत्महत्याको प्रयास गरेका छन् । उनकी सात वर्षिया छोरी आमाको बियोगमा प्रदाडित भएकी छन् भने कुल्दीप अस्पताल भर्ना भएका छन् ।

केही महिना अघिसम्म चेतनले फेसबुक म्यासेज मार्फत भारतीय सिंह परिवारलाई धम्की दिने, असभ्य र अश्लील गाली गर्ने तथा आत्महत्या दुरुत्साहन गर्ने काम गर्दै आएका थिए । उनले कविता काबियालाई कुटपिट गरेको तथा चोटपटक लागेको फोटो समेत पठाउने गरेका थिए ।**

अहिले चेतन कहाँ छन र काबियाको अवस्था के छ भन्ने बारे कुनै जानकारी छैन । काबिया तथा चेतनलाई सम्पर्कमा आउन भनी भारतीय सिंह परिवारले बारम्बार आग्रह गर्दै आएको छ ।अहिले चेतन नेपालमा लुकेर बसेको पीडितको दाबी छ । यता प्रहरीले भने मौखिक जानकारी आए पनि लिखित निवेदन नआएको बताएको छ ।

आफुहरु चेतनको घरमा बारम्बार जाँदा पनि फेला पार्न नसकेको र इन्टरपोल तथा एम्बेसीमार्फत पीडितको निवेदन आएमा प्रहरीलाई अन्तरजिल्लाको खोजी कार्यमा सहज हुने दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालको भनाई छ । उता भारतीय प्रहरीले पनि उनीहरुको खोजी कार्य तीव्र पारेको छ ।*