पोखरामा दुध बोक्ने जीप दुर्घटनाः चालकको मृत्यु, दुई बृद्धा घाइते

by

in

पोखरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई वृद्धा घाइते भएका छन् ।

आज बुधबार बिहान सवा ९ बजेतिर पोखरा वडा नं. १८ चिसाखोला नजिक मेथ्लाङमा भएको दुर्घटनामा परी चालक ग्यारजातिका ४९ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो ।

बाग्लुङ बसपार्कतर्फ झर्दै गरेको ग ३ च २६०३ नं. को दुध बोक्ने सिङ्गल क्याप बोलेरो जीप नियन्त्रण गुमाई सडकको दाँया तर्फबाट २० फिट जति खसेको थियो ।

गम्भिर घाइते थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा १०ः२० बजे मृत घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएका पोखरा १८ ग्यारजातीकै बर्ष ६९ की हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापाको उपचार भइरहेको छ । हिमकलाको टाउकोमा चोट र चन्द्रकलाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *