भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल र विकल पौडेल पक्राउ

by

in

काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त यी दुईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार नियन्त्रणमा लिएको हो ।

सुनिललाई शान्तिनगरस्थित निवासबाट र विकललाई विशेष अदालतको गेटबाट नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।

उनीहरूमाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलिरहेको छ । आवश्यक पूर्वाधार नै तयार नगरी नेसनल पेमेन्ट गेटवे खरिद गरेको भन्दै अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित सात जनाविरुद्ध गत असोजमा २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एन्ड प्रेसराइज फ्युल स्टोरेज ट्याङको खरिद कार्यमा भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ भ्रष्टाचारको गरेको आरोपमा बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

भ्रष्टाचार प्रकरणमा थप अनुसन्धानका लागि बयान लिन बोलाउँदा सम्पर्कमा नआएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *