जंगलमा पाइने जुका जसको मुल्य एक करोड नब्बे लाख रुपैयाँ यसरी बेच्नुहोस् ।

News

सुनभन्दा महङ्गो जुका–नेपालमा धेरै जुका छन्। जुकाले मानिसलाई धेरै दुःख दिन्छ। तर जुकाको चिकित्सा मूल्य उच्च छ। चीनका केही किसानहरूले जुका पालन आधार क्षेत्र संचालन गरेका छन्। तीस लाखवटा जुका पालेमा एक वर्षमा दश लाख चिनियाँ युआन अर्थात् एक करोड नब्बे लाख रुपैयाँ कमाउनसकिन्छ। ओहो सुनभन्दा महङ्गो जुका।

र यो पनि

अध्ययनका लागि बेलायत पुगेकी दोलखाकी एक विद्यार्थीको कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको तथ्य बाहिर आएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–३, घर भएकी २२ वर्षिया सदीक्षा तामाङको एम्बुलेन्सका कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको पाईएको हो ।

 

सदीक्षाको मृत्युबारे लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा झण्डै ७ घण्टा लामो सुनुवाइ भएको थियो । कोर्टका सिनियर कोरोनर टोम असबर्नले घट्नामा एम्बुलेन्स कर्मचारीको लापरबाही देखिएको समयमै अस्पताल लगिएको भए सदीक्षाको मृत्यु नहुने अनुसन्धानको निष्कर्ष सुनाएका छन् । गत १९ मेदेखि थालिएको अनुसन्धान प्रतिवेदन १५७ पेज लामो छ । अत्यधिक ज्वरो आएर विरामी परेपछि गत ७ मे २०२३ एम्बुलेन्समा आएका एक कर्मचारीले आफ्नी छोरी प्रेगनेन्ट रहेको भन्दै नजिक जान सक्दिन भनेर वेवास्ता गरेको बताईएको छ । अर्को पारामेडिकले सदीक्षाको स्वास्थ्य जोखिम स्कोर ६ देखाए । तर, रिस्क स्कोर ७ थियो । मेडिकल गाइडेन्समा ६ स्कोरमा पनि निलो बत्तिमा सकेसम्म छिटो अस्पताल लानुपर्ने थियो ।

 

यद्यपि, पारामेडिकले सिटामोल दिएर ४८ घण्टामा निको भएन भने अस्पताल लैजाउंला भनेर घरमा नै डिस्चार्ज गरे । त्यसरी मेडिकल गाइडेन्समा पारामेडिकले डाक्टरको अनुमति बिना डिस्चार्ज गर्न पाइने नियम छैन।

 

सिटामोलले काम नगरेपछि ९ मेमा अस्पताल लैजांदा सदीक्षाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो । किड्नीले काम गर्न छाडिसकेको थियो । मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो ।

 

कोरोनर कोर्टमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, समाजसेवी सुमित्रा सुब्बा गोदफ्रे, तामाङ सोसाइटी यूकेका अध्यक्ष ज्ञान तामाङ, उनकी श्रीमति लगायत उपस्थित थिए । सदीक्षाका बुबा कृष्णकुमार थोकर तामाङ लगायत सदीक्षाका सबै परिवार भने नेपालबाटै जुममार्फत जोडिएका थिए ।

 

सदीक्षाको मृत्युका कारण गत १४ सेप्टेम्बर २०२३ बाट हेल्थ रिस्क स्कोर ५ भए पनि तुरुन्त अस्पताल लैजानु पर्ने नियम कार्यान्वयनमा आएको गाहामगरले बताए ।

 

सदीक्षा गत वर्ष २६ डिसेम्बर २०२२ मा पढ्न बेलायत गएकी थिईन् । कोरोनर कोर्टको निष्कर्ष पछि सदीक्षाको निधन एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण भए पछि एनआरएनए यूकेले सदीक्षाको परिवारलाई क्षतिपूर्ति दिलाउन ब्यारिस्टरसँग छलफल शुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *