घरमा पालेको कुकुरले टो`केर २ हप्ताका बालकको मृ`त्यु … मनमा दया भए Rip लेख्नुहोला ।घरमा पालेको कुकुरले टो`केर २ हप्ताका बालकको मृ`त्यु … मनमा दया भए Rip लेख्नुहोला ।

by

in

 

काठमाडौं। घरमा पालेको कुकुरले टो`केर २ हप्ताका बालकको मृ`त्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलिरहेको थियो । यस क्रममा कुकुरले बालकलाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टाउकोमा दाँत गाडेको थियो ।

आश्चर्यको कुरा कुकुर यसरी खेलिरहेको बेला बालककी आमा पनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन् । कुकुरले टोकेर गम्भीर घा`इते भएका बालक रुबेन म्याकनल्टीलाई तत्काल अस्पताल लगिएको थियो । २ हप्तापछि उपचारको क्रममा उनको मृ`त्यु भयो ।

इङल्याण्डको याजलेमा भएको यो घ`टना २०१८ सेप्टेम्बरको हो । अहिले यो घ`टनाबारे अदालतमा सुनुवाइ भएको हो ।

अदालतमा मृ`तक रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो लापरवाही किन गरे भनेर सोधिएको थियो ।
अन्ये समाचार शिवराजको प्रश्न : एनजिओको पैसामा किन न्यायमाथि मजाक गरिँदै छ ?

प्रकाशित मिति । ६ पुस, २०७९ ।

काठमाडौ । कुमारी आमाको नामले चिनिएकी सोनाली कुमारी सिंह उर्फ निहारिका राजपूतलाई बलात्कार गरेको आरोप लागेका शिवराज श्रेष्ठले एनजिओको पैसामा न्यायमाथि मजाक भइरहेको बताएका छन् ।

एक टेलिभिजनमा कार्यक्रममा निहारिका राजपूतले आफ्नो मुद्दा मिलाउन एक करोडको प्रस्ताव आएको बताएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

श्रेष्ठले उक्त कुरालाई प्रमाणित गर्नको लागि चुनौती समेत दिएका छन् । उनले लेखेका छन्, ‘पहिलो कुरा, न म र मेरो परिवारले उनीसँग पछिल्लो २ वर्षदेखि कुराकानी नै गरेको छैन न म र मेरो परिवारको एक करोड दिने हैसियत राख्छ । एक करोड त टाढाको कुरा १ लाख पनि दिने हैसियत छैन हामीसँग । यो कुरा सरासर गलत र चर्चामा आउन गरिएको प्रोपागाण्डा बाहेक अरू केही होइन ।‘

उनले आफूले अपराध नगरेको भन्दै प्रश्न गरेका छन्, ‘प्रेम सम्बन्धमा रहँदा उमेर पुगेका युवा र युवतीबीच भएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न मिल्ने हो कि होइन, त्यसको व्याख्या अदालतले गर्ने भएकाले मैले केही बोलिन ।’

उनले हक अधिकार लिने दिने विषयमा आफूले कहिल्यै कसैलाई नरोकेको समेत बताएका छन् । ‘नाबालक र उनले हक अधिकार खोजेमा त्यस्तो हक अधिकार दिने विषयमा मेरो कुनै असहमति छैन ।‘ उनले लेखेका छन्, ‘म मेरो जिम्मेवारीबाट च्युत भएको छैन र हुने छैन ।‘

तर कहिले म नाबालक थिएँ भनेर चर्चामा आउन मिडियाबाजी गर्ने, गर्ने मलाई लठ्याउने औषधी खुवायो जस्ता झुटा कुरा किन गर्नु ? श्रेष्ठको प्रश्न छ, ‘ओरेक नेपाल नाम गरेको एनजिओले के कति उद्देश्य र स्वार्थ राखेर उनलाई बोकिरहेको छ ?’

श्रेष्ठ लेख्छन्, ‘ उनी काठमाडौँमा बस्ने खाने व्यवस्था कुन व्यक्ति वा संस्थाले किन र कसरी गरिरहेको छ ? उनलाई विभिन्न व्यक्तिको मुद्दामा ‘अभियान्ता’ भएर हिँड्न आर्थिक सहयोग कसले गरिरहेको छ ? वा उनको आम्दानी के हो ? ओरेक नेपालले लाखौँ लाख खर्च गरेर उनका लागि वकिल हायर कसरी गरिरहेको छ ? एनजिओको पैसामा किन न्यायमाथि मजाक गरिंदैछ ? बाट साभार ।

निहारिका राजपूत घटना: शिवराजसँग मिल्यो छोराको डिएनए

महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको छ।

विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन्।

उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले पनि बच्चा र शिवराजको डिएनए मिलेको पुष्टि गरे।

शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए।

बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।

त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो।

जिल्ला अदालत धनुषाले पनि ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो।

०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो।

निवेदनमा निहारिका र शिवराजबीच श्रीमान–श्रीमतीको समबन्ध उल्लेख थियो। सोही आधारमा जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरूद्ध जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए।

जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन्।

तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै उनी काठमाडौंमा आमरण अनसन बसेकी थिइन्।

दोस्रो पटक अनसनको क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको थियो।

डिएनए परीक्षणको रिपोर्ट नआएकाले निहारिकाको मुद्दामा पेशी चढ्न सकेको थिएन।

जिल्ला प्रहरी, सरकारी, वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो। शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारेख छ। चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।

निहारिकाले भने आफूलाई शिवराजको सम्पत्ति लगायतका अधिकार नभइ न्याय चाहिएको बताइन्। अदालतले छोडेका शिवराजलाई तुरून्तै पक्राउ गर्न समेत उनले माग गरेकी छन्।

‘मलाई कुनै प्रकारको अंश, नाता कायम र बच्चाको सम्पत्तिको अधिकार चाहिएन। शिवराजलाई तुरन्त प्रहरीले पक्रिनुपर्यो। बलात्कारको अभियोगमा कारबाही अघि बढाउनपर्यो,’ उनले भनिन्, ‘केही मिडियाले मलाई सोधेको थियो उसको बच्चा निस्किएनन भने के गर्नुहुन्छ। तर अब मिल्यो। एउटा महिला भएर यति वर्ष मैले रोए, कराएँ, जति मेरो क्षतिभएको छ राज्यले दिन्छ? मलाई न्याय चाहियो।’

डीएनए म्याचपछि निहारिका भन्छिन्- बच्चालाई आफ्नै नाम दिन्छु, नाता कायम स्वीकार्दिनँ
जनकपुर उच्च अदालतले २५ गतेलाई तोक्यो पेशी

काठमाडौं । लामो समयदेखि न्यायको मागसहित संघर्षरत निहारिका राजपूतले राहतको लामो सास फेरेकी छन्, जब उनको बच्चा र आरोपीको डीएनए म्याच भएको रिपोर्ट सार्वजनिक भयो । तर, अझै पनि उनले उठाएको मुल मुद्दा भने बाँकी नै छ ।

निहारिकाले प्रधानमन्त्री निवास बालुवाटारअघि आफ्नो सल फ्याँक्दै प्रदर्शन गरेको केही घण्टाभित्रै जनकपुर उच्च अदालतमा पुगेको डीएनए रिपोर्टको नतिजा सार्वजनिक भएको थियो । अनि, त्यही दिन उच्च अदालतले निहारिकाको मुद्दाको पेशी आगामी २५ गतेका लागि तोकेको छ । पेशी तोक्न ढिलाइ भएकोमा पनि निहारिकाले असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन् ।

निहारिकाको बच्चा र आरोपीको डिएनए म्याच हुनु भनेको उनीहरु बाबु-छोरा भएको नाता प्रमाणित हुनु हो । आरोपी शिवराजले निहारिकाले जन्माएको बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । डीएनए रिपोर्टले उनको दाबी गलत र निहारिकाको दाबी सही ठहरिएको छ । तर, निहारिकाले भनेजस्तै यो रिपोर्टले शिवराजलाई ‘बलात्कारी’ ठहर भने गर्दैन । त्यसको निरोपण उच्च अदालतले गर्नुपर्ने हुन्छ ।

निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको भन्दै शिवराजविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, अदालतले बलात्कार नभएको निस्कर्ष निकाल्दै शिवराजलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी हुन् । यदि जिल्ला अदालतको फैसलालाई नै सदर गरेर उच्च अदालतले फैसला सुनायो भने शिवराजले सजायबाट उन्मुक्ति पाउनेछन् ।

निहारिकाले भनेजस्तो बलात्कार ठहर्‍याउनका लागि अदालतलाई डीएनए रिपोर्ट मात्रै पर्याप्त हुँदैन । अन्य प्रमाणहरुले सपोर्ट गर्नुपर्छ । अदालतले बलात्कार नठहर्‍याएर डीएनए रिपोर्टको आधारमा नाता प्रमाणित गरिदिन सक्छ । नेपालको कानूनअनुसार यदि कुनै पनि महिला र पुरुषले. सहमतिमा राखेको सम्बन्धबाट बच्चा जन्मिएमा स्वतः उनीहरू श्रीमान्-श्रीमती हुन्छन् ।

तर, निहारिका भने कुनै पनि हालतमा शिवराजले सजाय पाउनुपर्ने अडानमा छिन् । उनले श्रीमान्-श्रीमतीका रूपमा नाता प्रमाणित गर्न वा शिवराजबाट अंश पाउनका लागि आफूले मुद्दा नहालेको बताइन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘यो बलात्कारको मुद्दा हो, त्यसैले डीएनए म्याच भइसकेपछि अपराधीलाई सजाय हुनुपर्छ । न मलाई उसको श्रीमती भएर बस्न मञ्जुर छ, न उसको एक रूपैयाँ अंश मलाई चाहिन्छ ।’

उनले आफूबाट जन्मेको बच्चालाई आफ्नै नाम दिनका लागि अर्को संघर्ष गर्ने पनि बताइन् ।

‘सुरुमा मेरो लडाइँ भनेको अपराधीलाई सजाय दिलाउनका लागि हो । त्यो पूरा भइसकेपछि म आफ्नो बच्चाको हक-अधिकारका लागि संघर्ष गर्छु । बच्चालाई आफ्नो नाम दिलाएर छोड्नेछु,’ उनले भनिन् ।

निहारिकाका अनुसार डीएनए म्याचपछि शिवराजको परिवारले उनलाई विवाह गरेर बुहारीका रूपमा घरमा भित्र्याउने हल्ला चलाइरहेका छन् । तर, आफू कुनै पनि हालतमा बुहारी बनेर ‘बलात्कारी’ को घरमा नजाने उनले बताइन् ।