दुर्घटनामा दाजुभाईको मृ’त्यु, उनीहरुसंग भएको ४ लाख रुपैया र सुन पनि चोरीयो

by

in

मानिस अप्ठेरोमा परेको बेलामा मानिसले नै सहयोग गर्नुपर्छ । चाहे उ परिचित वा अपरिचित जो पनि हुनसक्छ

तर अहिले मानिसको मनवाट मानवता हराइरहेको छ ।

दुर्घटनामा निधन भएका ब्यक्तिको नगद र सुन पनि चोरी भएको छ । इलामको रोङ गाउँपालिका–४ पहिरोमा जिप दुर्घटनामा मृत्यु भएकाहरुको पैसा र सुन चोरी भएको हो । प्रहरी दुर्घटनाको अनुसन्धान गर्दै चोरी गर्ने मानिसको पनि खोजीमा छ ।

दुर्घटनामा ज्यान गुमाएका झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापा करिब ४ लाख रुपैया र आधा तोलाको औंठी चोरी भएको हो ।

उनका आफन्तले पैसा र सुन हराएको बताएका छन् । उनीहरुका भाइ मनोजकुमार थापाले प्रहरीलाई त्यसवारे जानकारी दिएपछि प्रहरी अनुसन्धानमा जुटेको छ ।

इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्ने थापा दाजुभाइले दुर्घटनामा निधन भएको थियो । उनीहरु बाख्रा किन्न पैसा लिएर जाँदै गरेको अवस्थामा दुर्घटनामा परेका हुन् । दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।

आफुहरु दुर्घटनावारे खबर पाएर जाँदा प्रहरी उद्दारमा लागिसकेको आफुहरुले देखेको र त्यतीबेला सुन र पैसा नभएको भाईले बताएका छन् । उनका अनुसार थापा दाजुभाइ १२ माघमा बिहान ४ बजे खसी किन्न इलामतिर गएका थिए ।

परिवारले त्यसको साढे एक घण्टा पछि जानकारी पाएका थिए । अर्का छिमेकी अर्जुन कार्कीले पनि प्रहरीलाई यस विषयमा जानकारी गराएको बताए ।