अर्को महिना देखी यस्तो बिनास आउन सक्ने चेतावनी।पुरा जानकारी लिनुहोस्

by

in

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ ।*

हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।तर आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको छ, ’मन्त्रालयका एक अधिकारीले भने ‘मन्त्रालयले यस बिषयमा र्‍यापिड एक्सन प्लान तयार गरिरहेको छ

उनका अनुसार तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् ।

दोस्रो लहरमा एकैदिन ९ हजार २ सय संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरुमा वेड र अक्सिजनसमेत अभाव भएको थियो । मन्त्रालयका अधिकारीहरुका अनुसार तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिसकेको छ ।भारतका विभिन्न शहरमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार हालसम्म १५०० भन्दा बढी ओमिक्रोनका केसहरु पुष्टि भइसकेका छन् । खुला सीमा भए कारण भारतमा फैलिएको संक्रमणको प्रभाव नेपालमा पनि पर्छ । पहिलो र दोस्रो लहरमा पनि सीमा नाकाबाट कोरोनाका केसहरु भित्रिएका थिए । ‘भारतका पश्चिम बंगाल, उत्तराखण्डमा तथा दिल्लीमा ओमिक्रोनको संख्या बढिरहेको छ ।

केही शहरमा सेमि लकडाउनमा गइसकेका छन्,’ महाशाखाका प्रमुख डा. कृष्ण पौडेल भन्छन्, ‘रोजगारमा गएका नेपाली फर्कने क्रम बढ्नसक्छ, जसले गर्दा नेपालमा ओमिक्रोन भित्रिने सम्भावना बढ्छ ।

यसअघि भारतमा डेल्टा भेरियन्टबाट संक्रमित भेटिएको ४६ दिनपछि नेपालमा पनि देखिएको थियो ।तर, ओमिक्रोन अन्य भेरियन्टभन्दा तीव्र फैलिने भएकाले केही हप्ताभित्रमै नेपालमा आउनसक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

भारतमा पिक लिएको एक–दुई हप्तामा नेपालमा ओमिक्रोनले केही स्वरुप लिनसक्छ,’ संक्रमण रोग विज्ञ डा. अधिकारी भन्छन्, ‘ सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती देखिन्छ ।’

दोस्रो लहरमा जब भारतमा संक्रमित बढ्न थाले, नेपालीहरु घर फर्किन थाले । विगतका दिनमा सिमानाकामा समयै कडाइ नगर्दा कोरोना सीमा नाका वरपरका गाउँ तथा ठूला शहरमा पुग्यो र पछि समुदाय स्तरसम्म पुग्यो। तर, सरकारले अहिले पनि संक्रमण रोक्नका कडाइ गरेको छैन ।*

 

सीमा नाका खुला छन् । भारतको उच्च जोखिम क्षेत्रबाट आएका मानिसको परीक्षण हुन सकेको छैन । जसले गर्दा सजिलैसँग ओमिक्रोन भेरियन्ट फैलिने निश्चित नै छ ।