आज नेपालका यी चर्चित दुई ब्याक्तिको मृत्यु

by

in

नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहनुभएका उहाँको आज शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो
लामो समयसम्म गृहसचिव रहनुभएका उहाँ एक कुशल प्रशासकका रूपमा चिनिनुहुन्छ । उहाँँका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् । उहाँकी श्रीमती र दुई छोरा हुनुहुन्छ । छोरा विदेशमा रहेकाले उहाँ स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ ।*
तीन महिनाअघि मात्र उहाँमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।

विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय हुनुभएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको वडा सदस्य मधुसुदन प्रधानले राससलाई जानकारी दिनुभयो । पञ्चायतकालमा पनि उहाँ वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक दिन शोक विदा दिने भएको छ । उंहाको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।

नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उहाँको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा लगी अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले बताउनुभयो