सुशान्त खत्रीले लाइभमा रुँदै भने- आफ्नै देशमा आएर मर्नेछु

by

in

काठमाडौं: चर्चित डान्सर ३० वर्षे सुशान्त खत्री शुक्रबार राति रुँदै फेसबुक लाइभमा आएका छन्। उनले आफू आत्महत्या गर्ने निर्णयमा पुगेकोसमेत लाइभमा बताए। अन्तिम लाइभ भन्दै उनले महिनौंयता आफू एन्जाइटी, डिप्रेसन झेलिरहेको बताएका छन्। उनले मन पर्ने एक कलाकारले आत्महत्या गरेको भन्दै आफू पनि सोही निर्णयमा पुगेको सुशान्तले बताएका छन्।

 

अहिले उनी भारतमा छन्। ६ महिनादेखि आफूलाई असाध्यै गाह्रो भएको उनले बताएका छन्। ‘धेरै चाँडो तपाईंहरूले मलाई पनि गुमाउनु हुने छ । आफ्नै देशमा आएर मर्ने छु’, लाइभमा उनले रुँदै भने।*

 

डिप्रेसन निको पार्न भारत पुगे पनि कुनै सुधार नभएको उनले बताए। ‘सबैलाई लाग्दो हो, यो सेलिब्रेटी हो, लाइफ बिन्दास छ, क्लबतिर जान्छ, हल्लिन्छ। तर मनको कुरा कसैले बुझ्दैन’, सुशान्तले भक्कानिँदै भनेका छन्। उनले आमाबुबा र साथीभाइसित माफी माग्दै अब आफ्नो चिन्ता नगर्न पनि भनेका छन्।**

 

दुई/तीन दिनपछि नेपाल आउने पनि उनले बताएका छन्। सुशान्तले इन्जाइटी र डिप्रेसनलाई मजाकमा नलिन भनेका छन्।*