साउदीमा एक नेपालीलाई फासी रुदै मलाई बचाउनुस भन्दै गुहार मागे यस्तो गलती कहिल्यै

by

in

साउदीमा नेपालीलाई फासी रुदै मलाई बचाउनुस भन्दै गुहार मागे यस्तो गलती कहिल्यैम यो देशको ढुकुटी को पाले हु कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन् । यो देश सबै घुस खोरी दला’लले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् पूरा हेर्न सुन्न भिडियो हेर्नुहोला । (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ ।

आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ । ती पदहरुमा नेता चयन गर्न आजै बैठक बस्ने एक नेताले बताए ।

सो पार्टीले प्रत्यक्ष ७ र समानुपातिकतर्फ १३ गरी २० सीट जितेको छ ।

सरकार बनाउने ओलीको योजनामा र‍विको रास्वपा निर्णायक

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्मको समय दिएकी छन्। सो अवधिभित्र आआफ्नो नेतृत्वमा सरकार बनाउन दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले प्रयास गरिरहेका छन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुईभन्दा बढी दल मिलाएर जसले बहुमत पुर्याउन सक्छ, उसकै सरकार बन्छ। गठबन्धनको बलमा कांग्रेसले बहुमत पुर्याउने कोसिस गरिरहेको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वको सरकार गठनको लागि सबै दलसँग छलफल गर्ने निर्णय गरिसकेको छ।

एमालेले पनि सरकार निर्माणको प्रयास गरिरहेको छ। उसले सत्ता गठबन्धनका दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई आफूतिर तान्ने प्रयास गरिरहेको गरिरहेको छ। तर, बलियो बहुमत निर्माण गर्नुपर्ने भएकाले आफ्नै गठबन्धन गर्ने एमालेको योजनाको केन्द्रमा भने नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ।

किनभने रास्वपालाई आफुतिर नलिँदा कांग्रेसको नेतृत्वमा रवि पनि मिसिएर माओवादी र एकीकृत समाजवादी बाहेक नै सहजै गैरवाम गठबन्धन बन्न सक्ने आकलन ओलीले गरेका छन्।

रास्वपाका एक पदाधिकारीले बताएअनुसार रास्वपाका सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार साँझ भएको छलफल सकारात्मक छ। आफ्ना एजेन्डा कार्यान्वयन गराउने प्रतिवद्धता पाए सरकारमा जान रास्वपा तयार छ।

शुक्रबार बेलुका बालकोट पुगेर एमाले अध्यक्षसँग भेटेका सभापति लामिछानेले एमालेसँग प्रतिबद्धता कार्यान्वयनको ग्यारेन्टी खोजेका थिए। रास्वपाका एक पदाधिकारीका अनुसार एमाले अध्यक्ष ओली यसमा सकारात्मक छन्।

‘हामीले उठाएका एजेन्डा कार्यान्वयनको आधार के छ भनेर सभापतिले जिज्ञासा राख्नुभएको रहेछ,’ ती पदाधिकारीले भने, ‘अध्यक्ष ओलीले सकारात्मक जवाफ दिनुभएको छ। कतिपय एजेन्डाको सम्बोधन गर्दै जान सकिने बताउनुभएको छ।’

सोमबार सो पार्टीले सभापति लामिछानेलाई संसदीय दलको नेता पनि चुनिसकेको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफूतिर तान्न पाए रास्वपालाई साथ लिएर सरकार बनाउन सकिने ओलीको आकलन छ। एमालेको ७८, माओवादीको ३२, रास्वपाको २० सिट र एकीकृत समाजवादीको १० समेत गरेर १ सय ४० सिट पुग्छ। सरकार बनाउन बहुमतका लागि संसदमा १ सय ३८ सिट चाहिन्छ। सोही कारण ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्बन्ध सुधार्न लागिपरेका छन्।

यो गठबन्धन बन्दा १२ सिट रहेको जसपा सरकारमा आउने र १४ सिट भएको राप्रपाले पनि समर्थन गर्ने ओलीको विश्वास देखिन्छ।

यो योजनामा रास्वपा महत्वपूर्ण शक्ति बन्ने एमालेको ठम्याइ छ।

रास्वपाका अर्का एक पदाधिकारीले एमालेसँग मिल्ने सम्भावना अलि बढी देखिएको नेपालखबरलाई बताए।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *