वर्ल्डलिंकको पासोमा परेर बल्ल बल्ल बाँचेका हेटौँडाका कृतज्ञ घिमिरे

by

in

 

 

 

वर्ल्डलिंकको पासोमा परेर बल्ल बल्ल बाँचेका हेटौँडाका कृतज्ञ घिमिरे

लक्ष्मण गिरी

 

मकवानपुर । गत पुस १९ गते हेटौँडा उपमहानगरपालिका -०५ का कृतज्ञ घिमिरे सैलुनमा कपाल काटेर हेटौँडाको बजारको मुख्य बजार क्षेत्र हुँदै मोटरसाइकलमा घर फर्कदै थिए । उनले चलाएको मोटरसाइकल तिब्र गतिमा पनि थिएन। हेटौँडा–४ स्थित वर्ल्डलिंकको कार्यालय नजिकै आउँदा मोटरसाइकलको ह्याण्डलमा केही बेरिए जस्तो भयो । लगत्तै उनको घाँटी कसियो ।<iframe width=”870″ height=”360″ src=”https://www.youtube.com/embed/zJsusmRnyW0″ title=”Worldlinkले थापेको पासोमा फसेका कृतज्ञ घिमिरे || SIDHAKURA ||” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

 

 

 

उनलाई स्वास फेर्नै असहज भयो, उनले झण्डै होस् गुमाएका थिए । ५० मिटर जति मोटरसाइकल घस्रियो, मोटरसाइकललाई जसोतसो नियन्त्रणमा राखे । धन्न उनले रोक्न भने सके । उनको घाँटी निकै पोल्यो । मोटरसाइकल रोकिएपछि घाँटी छामे । घाँटीमा गोलो घेरा परेर रेटिएजस्तो भएको थियो । कृतज्ञको घाँटीमा इन्टरनेटको तार बेरिएको रहेछ ।

 

पोलबाट चुँडिएर सडकमा लतारिएको तार मोटरसाइकलको ह्याण्डल र उनको घाँटीमा बेरिएछ । तार बेरिँदा मोटरसाइकलको ह्याण्डल बाङ्गिएको छ भने उनको घाँटीमा कसिएको चोट छ । ‘अझै केही सेकेण्ड घाँटीमा बेरिएको तार नचुँडिएको भए के हुन्थ्यो म सोच्न सक्दिन,’ कृतज्ञले सिधाकुरासँग भने । तार बेरिएपछि कृतज्ञ घिमिरेको घाँटीमा बसेको डाम लगत्तै उनलाई अस्पतालमा पुर्याइयो । एक दिन आइसियुमा राखेर उपचार गरियो । उपचारपछि उनी घर फर्कीए ।

 

 

तार बेरिएर कृतज्ञ घिमिरे घाँटीमा बसेकाे डाम

 

 

तर, सडकमा वेवारिसे पारिएको तार कसको थियो भन्दै खोज्दै जाँदा इन्टरेनट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको भएको पत्ता लाग्यो । इन्टरेनेटको तारले दुर्घटना गराएको बारेमा घिमिरेका काकाले प्रहरीमा उजुरी दिए । वर्ल्डलिंकको कार्यालय नजिकै मुख्य सडकमै झुण्डिएको वर्ल्डलिंककै तार कृतज्ञको घाँटीमा बेरिएको प्रहरी अनुसन्धानबाट पनि पुष्टी भयो । तर, वर्ल्डलिंकका अधिकारीले घटनालाई बेवास्ता गरे । पीडित कृतज्ञ आफै पनि घटनाबारे कुरा गर्न गए तर उल्टै मुद्दा हाल्नुस् के हुन्छ हेरौँला भनेर धम्काए । ‘सुरुमा उनीहरुले कानूनी प्रक्रियामा जानुस्, के हुन्छ हेरौँला भन्ने जवाफ दिए ।’ कृतज्ञ भन्छन्, ‘त्यसपछि मैले घटना विवरण फेसबुक ग्रुप एमआरआरमा राखेँ । त्यो पोस्ट देखेपछि वर्ल्डलिंकका अधिकारीहरु मिलापत्र गरौँ भन्दै घरमा आइपुगे ।’

 

तर, दुईपक्षबीच ठोस सहमति भने भएको छैन । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अस्तव्यस्त छोडेका तारका कारण गम्भिर दुर्घटनामा परेका कृतज्ञ, सडकमा तार अस्तव्यस्त पारेर घराप थाप्नेहरुलाई कारबाही गर्न माग गर्छन् । साथै नागरिकको सुरक्षाको लागि तारको उचित व्यवस्थापनमा ध्यान दिन आग्रह गर्छन् ।

 

 

कृतज्ञ घिमिरे

 

 

यता वर्ल्डलिंक हेटौँडाका अपरेसन इन्चार्ज सहकुल ढकालले भने पीडितसँग सहमति भइसकेको दावी गरे । ‘उपचार खर्च, मोटरसाइकल मर्मत तथा लत्रिएका तार व्यवस्थापन गर्ने सहमती भैसके पनि आन्तरिक कारण सहमति पत्र बन्न ढिलाई भएको हो,’ ढकालले भने । उनकाअनुसार पोलमा अन्य सेवा प्रदायकका तार पनि लत्रिएकाले वर्ल्डलिंककै तारका कारण घटना भएको हो भन्ने स्पष्ट नभए पनि घिमिरेको उपचार खर्च व्यहोर्ने निर्णय गरेको बताए ।

 

ढकालले भने, ‘उक्त दिन हाम्रा कुनै पनि प्रयोगकर्ताको इन्टरनेटमा समस्या आएको थिएन, तार चुँडिएको भए त समस्या हुनु पर्ने थियो ।’ यता हेटौँडा बजारमा अहिले पनि अधिकांश इन्टरेनट सेवा प्रादायकका तार अस्तव्यस्त अवस्थामा देखिन्छन् । बजारका बिजुलीका पोलहरुमा इन्टरनेट सेवा प्रदायकहरुका तारहरुले शहरको सुन्दरता नै कुरुप प्राय हुने गरेको छ ।