के महिनावारी रोकिएपछि महिलालाई यौन इच्छा हुँदैन् ? – यौन विज्ञ नेहाले बताइन्

by

in

डा. नेहा मेहता । के उमेर बढ्दै गएपछि महिलाहरूको यौन इच्छा कम हुँदै जान्छ, के उनीहरु यौन सम्बन्ध कायम गर्न चाँहदैनन् ? हो, म ४० वर्ष उमेर पार गरेका ती महिलाहरूबारे चर्चा गर्दैछु जसको महिनावारी रोकिन लागेको छ ।

त्यस्ता महिला जसका सन्तान सेटल भैसकेका छन्, के उनीहरूमा यौन इच्छा हुँदैन् ? के एक उमेरपछि महिलालाई साँच्चै यौन सम्बन्ध राख्न मन लाग्दैन् ? हामी ती महिलाहरूको कुरा गरिरहेका छौँ, जसको उमेर ४० वर्ष पुरा भएको छ । सायद धेरैको महिनावारी पनि रोकिएको छ । धेरै काममा व्यस्त छन्, छोराछोरीको विवाह भयो, सन्तान पढ्न थालेका छन् । श्रीमानसँग यौन सम्बन्धमा रहने इच्छा हुँदैन् । यो एक सबैभन्दा ठूलो भ्रम हो ।

जबकी एक उमेरपछि महिलारूमा यौनप्रति लगाव वा आकर्षण बढ्न थाल्छ । तपाईंले हप्तामा कम्तिमा २ पटक यौन सम्बन्ध राख्नुपर्छ । जसकारण तपाईंको भजाइनल मसल्स मोमेन्ट भइरहन्छ र तपाईंलाई भविष्यमा कुनै पनि प्रकारको क्यान्सर हुने सम्भावना एकदम कम हुन्छ ।

त्यसैले यदि तपाईंलाई पनि ४० कटेपछि महिलाको जवानी गयो, अब उनीहरूलाई यौन इच्छा हुँदैन भन्ने लाग्छ भने त्यो सत्य होइन् । पश्चिमा समाजमा आज ४० वर्षपछि पुन: विवाह गर्ने महिलाहरूको संख्या बढ्दो क्रममा छ । उनीहरुका वयस्क छोराछोरी पनि हुन्छन्, उनीहरू पनि मज्जाले यौन सन्तुष्टि लिन्छन् ।

हामी यौन आनन्दको कुरा गर्दैछौ । ४० वर्षपछि पनि महिलामा हुने यौन इच्छा, सन्तुष्टि एक किशोर उमेरकी युवत्तीको बराबर हुन्छ । तर एक त्यस्तो समय पनि आउँछ जब महिलाहरूलाई यौन चाहाना हुँदैन् । तपाईंको मनमा प्रश्न आएको हुनुपर्छ, आखिर कुन उमेरमा यौन इच्छा केही कम हुन्छ ? त्यो ३० देखि ३५ वर्ष बीचको उमेर हो ।

जब तपाईं आफ्नो करियरमा ध्यान दिनुहुन्छ, तपाईंका बच्चाहरू हुन्छन्, अभिभावकको भूमिकामा व्यस्त हुनुहुन्छ । यो उमेरमा महिलाहरूलाई आफ्नो करियरबारे चिन्ता हुन्छ, परिवारमा पनि किचकिच सहनुपर्छ, जसकारण यौनबारे सोच्ने फुर्सद हुँदैन् । तर जहाँसम्म कुरा छ ४० वा ४५ वर्ष उमेर पार गरेका महिलाहरूलाई यौन इच्छा हुन्छ कि हुँदैन् ? उनीहरूमा यौन इच्छा ३० वर्ष आसपासका महिलाहरूमा भन्दा धेरै हुन्छ । यो उमेरमा तपाईं आफूभन्दा कम उमेरको केटासँग पनि सम्बन्ध कायम गर्न सक्नुहुन्छ ।

यदि आफ्नो व्याययमा ध्यान दिन सक्नुभयो भने भर्खरका युवत्तीजस्तै आकर्षक हुनुका साथै, हरेक कुरामा सन्तुष्टि लिन सक्नुहुन्छ । डा. मेहता भारतमा एक प्रसिद्ध नाम हो । उनी विगत १० वर्ष भन्दा लामो समयदेखि मानसिक स्वास्थ्य र यौन विज्ञका क्षेत्रमा काम गर्दै आएकी छिन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *