गलत औषधीले लियो नितुको ज्यान

by

in

डाक्टरले चेक जाँच नै नगरि औषधि प्रयोग गर्न लगाउँदा २१ वर्षीया युवतीको मृत्यु भएको छ ।

अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादा परिक्षण बिना नै औषधी लेखेर दिएपछि औषधी खाएको केही दिनपछि उनको स्वास्थ्यमा समस्या देखिएको आफन्तले जनाएका छन् ।

भक्तपुरको ख्वप अस्पताललाई गलत औषधि र औषधिको ओभरडोज दिएका कारण एक विरामीको मृत्यु भएको आरोप लागेको छ ।

भक्तपुरकै २१ वर्षीया नितु दुवालले उपचारको क्रममा ख्वप अस्पतालमा ज्यान गुमाएपछि मृतकका आफन्तहरुले सो आरोप लगाएका हुन् ।

अध्ययनको शिलशिलामा १ बर्षको इन्टर्नको लागि २०८० भाद्र २८ गते ९१४ सेप्टेम्बर० मा बिदेशी मुलुक हङकङ जाने फिक्स गरेर बसेकी नितुको अनुहारमा डण्डीफोरले दुःख दिईरहेको थियो । अलिक अनुहार सफा गरेर बिदेश जान मिति २०८०।३।२२ गते ख्वप अस्पतालमा चेक जाँच गर्न गएकी थिईन ।

मृतकका मामा हरिराम‌ लवजुको भनाई जस्ताको त्यस्तै

भान्जीनानी नितु तिमीले जिउने लाखौं संघर्षका बावजुद जीवनसंग जित्न सकेनौ हामी सबैलाइ तिमीले आफ्नो कलिलो उमेर २१ बर्षमै आज छोडेर गयौ । तिम्रो बाँकी जीवन सम्झना स्वर्गमा बास होस ।तिमीलाइ यो अकल्पनीय अनिच्छत मृत्युबरणमा पुर्याउने ती ख्वप अस्पतालका अत्यन्तै कच्चा र संबेदनाहिन चिकित्सक भनाँउँदा घिन लाग्दा ब्यक्तिहरूलाइ तिमीले कहिल्यै माफि दिनेछैनौ । तिनीहरूको बाँकी जीवन आँसु र पिडामा बित्ने गरि तिम्रा आत्माले सराप्नले भत्तभति पोल्नेछ। गलत औषधी र ओभर डोज दिई तिम्रो जीवन सिध्याउने हत्याराहरूलाइ समयले दण्डित त गर्ने नै छ तिम्रो मामाले केही नगरिकन बस्ला नसोच्नु । तिनीहरूलाइ बाँकी राखिनेछैन । भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु नितु तिमीलाइ ।

अर्का आफन्त लेख्नुहुन्छ

नितु तिमीले यो संसार छोडेर गएको आज ४५ दिन पुगेछ । तिम्रो स्वर्गमा बास राम्रै होला हामी यहाँ तिमीलाई सम्झेर आज ४५ दिनको पुण्यतिथि कर्म गरी रहेकाछौं आज । सदा सर्बदा स्मरण अनि मन मुटुदेखि श्रद्धासुमन र श्रद्दाञ्जली अर्पण गदछौं । तिम्रो भौतिक शरीर यो संसारमा नभएपनि तिमी संधै हामी हाम्रो परिवारमा हिजो जस्तै आज पनि हुनेछ भोली पनि हुनेछ तिमी हाम्रो मुटुको टुक्रा भएर हृदयमा सधै हुनेछ । जानी नजानी तिमीलाई अकाल मृत्युबरणमा पुर्याउनेहरु बिरुद्ध कार्यबाही हुनुपर्ने र तिमीले न्याय पाउनुपर्ने कुरामा हामी निरन्तर छलफलमा छौं । परिवार इष्टमित्र आफन्तजन सबैले आवाज उठाइरहेका छन ताकि अरुको लापरबाहीले तिम्रो जस्तो अकाल मृत्यु आगामी दिनमा कसैले भोग्न नपरोस तिम्रो जस्तो पिडा कसैलाई नपरोस ।

तिम्रो मृत्युका बारेमा सत्य कुरा के रहेछ लाखौं जनतालाई त थाहा भै नै सकेका छन तर पनि केही बुझेर पनि बुझ पचाएकाहरुले गरेका अस्वाभाबिक पश्नहरुले हाम्रो जलिरहेको घाउमा घिउ थप्ने दुष्कमहरु निरन्तर हुनुले पिडा माथि पिडा भोगीरहेकाछौ र आज ४५ दिनको तिम्रो सम्झनामा तिमी कसरी अकाल मृत्युमा पुग्न बाध्य भए केही कुरा खुलस्त गर्न र तिम्रो न्यायको लागि लेख्न बाध्य भएका छौं । तिमी बितेको बज्रपातपूर्ण शोक र दुःखका बेलामा हामीलाई समबेदना, सान्वना र सद्भावहरु व्यक्त गर्ने तमाम आफन्तजन इष्टमित्र, छरछिमेकीहरु प्रति हाम्रो गहिरो धन्यबाद छ ।

अध्ययनको शिलशिलामा १ बर्षको इन्टर्नको लागि २०८० भाद्र २८ गते (१४ सेप्टेम्बर) मा बिदेशी मुलुक हङकङ जाने फिक्स गरेर बसेकी नितुको अनुहारमा डण्डीफोरले दुःख दिईरहेको थियो । अलिक अनुहार सफा गरेर बिदेश जान भगवान सरी माने डाक्टर देखाउन मिति २०८०।३।२२ गते ख्वप अस्पतालमा चेक जाँच गर्न गएकी थिईन । रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी थिइन । त्यो औषधीको Reaction वा एलर्जी हुन सक्ने तर्फ कुनै सचेत गर्ने गराउने काम पनि भएन । केही दिनपछि ज्वरो, खोकी लाग्न थाल्यो ।

मिति २०८०।४।२ मा त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो । टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गयो । औषधीको Reaction हुन सक्ने तर्फ ध्यान कसैले पनि दिएन ।

उपचारको क्रममा ज्वरो आईरहने, जिउभरि एलर्जी, जीउभरि रातो रातो बिमिराहरु, जिउ सुनिएको, छाला रातो हुँदै गयो । औषधीको Reaction हो वा एलर्जी के हो भन्ने तर्फ कुनै परिक्षण नै गरिएन खाली कडा एन्टीबायोटिक्स र ज्वरोको औषधी चाहिने भन्दा बढी डोज दिईरह्यो । नितुको शरीरले थाम्न सकेन कलेजोमा समस्या देखिन थाल्यो, जण्डिस देखिन थाल्यो, जतिल भैसकेको ख्यालै पनि राखेन ठिक हुन्छ चिन्ता नगर मात्रै भनी हामीलाई सान्वता दिने काम मात्रै भयो । नितुको स्वास्थ्य अबस्थामा सुधार नभएपछि अन्त अस्पताल लान्छु रिफर दिनु भन्दा शुरुमा रिफर दिनै मानेन र त्यहाँका स्टाफ नर्सको ब्यबहार निको लागेन । हाम्रै जवरजस्ती अनुराधमा नितुलाई मिति मिति २०८०।४।२१ मा बि एण्ड बि मा उपचारको लागि लिएर गयौं । ख्वप अस्पतालका डाक्टरले दिएका औषधी सबै हेरेर औषधी सबै बन्द गरी सबै प्रकारका स्वास्थ्य जाँच परिक्षणहरु गर्दा नितुलाई Drug Hypersensitivity Reaction भएको छ भनी भर्ना भई उपचार गराइयो ।

त्यहाँबाट पनि नितुलाई lupus सम्वन्धी बिशेषज्ञ डा. देखाउन सल्लाह दिए अनुसार डा. बुद्धी पौडेललाई देखाउँदा नितुको स्वास्थ्य अबस्था जटिल बनी सकेको छ पाटन अस्पतालमा भर्ना गरौं भने सल्लाह अनुसार मिति २०८०।५।१९ गते पाटन अस्पतालमा भर्ना गरी उपचार गराएका थियौं ।

नितुलाई Exfoliating Dermatitis due to medicine or DRESS and TEN disease निदान गरी बिभिन्न बिकल्प सहित उपचार गर्न खोज्दा पनि कुनै सीप नलागेको र मिति २०८०।५।३१ मा नितुको देहान्त हुँदा मुख्यत Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो । यहीं हो नितुको अकाल मुत्युबरण बास्तबिक सत्य तथ्य ।

यहीं सत्यतथ्य अस्पतालका डाक्टरहरु, स्वास्थ्यकर्मिहरु, मेडिकल डाइरेक्टर सबैलाई थाहा नभएको होईन । त्यही भएर मृत्यु हुनु ४ दिन अगाडि ख्वप अस्पतालका मेडिकल डाइरेक्टरले नितुको मामासंग कुरा गरेका थिए । त्यहीं दिन पाटन अस्पतालमा ख्वप अस्पतालमा नितुको उपचारमा संलग्न डाक्टर, प्रशासक, ८ र ९ वडाका वडा अध्यक्षज्यूहरु, माननीय प्रेम सुवाल लगायत पाटन अस्पतालमा नितुको स्वास्थ्य अबस्था बुझ्न आउनुभएको थियो त्यस्तै हामी शोकमा हुँदाका बखतमा हाम्रो घरमा आएर हामी छौं हामी नितुलाई न्याय दिन्छौं भनेर मेयरज्यू, वडा अध्यक्षज्यूहरु, साथीभाईहरु सबैले दिनुभएको आश्वासनमा बिश्वस्त भई नितुले न्याय पाउने आशामा अहिलेसम्म हामी बसी आएका छौं आज ४५ दिन बितिसकेको रहेछ ।

कहिले पाउने हो नितुले न्याय ? हाम्रो भनाइ यति मात्रै हो कि डाक्टरको चरम लापरबाहीबाट नितुले २२ बर्षको उमेरमा अकाल मृत्युबरण गर्नुपर्यो ती लापरबाहीमा संलग्न डाक्टरहरुलाई कार्यबाही हुनुपर्छ । नितुको अकाल मृत्युबरणले पुर्याएको अपुरणीय क्षतिको कुनै पूर्ति हुन्छ भन्ने त्यो को नितुलाई न्याय । न्याय चाहियो भनेको हो हामीले । नितुको न्यायको लागि सबैले आवाज उठाई दिन हाम्रो बिनम्र अनुरोध छ ।
नितुको पिता माता र दिदी : राध्येश्याम दुवाल, गीता दुवाल र कविता दुवाल