सुजन रावत न त बिधुवा आमाको सहारा बन्न पाए, न काकाले किनिदिन्छु भनेको नयाँ लुगाँ लगाउन पाए

by

in

बिदेश जान पाउँ सरकार भन्दै सरकारसंग बिन्ति गरिरहेका दुई जना युवाहरुले बदलामा सरकारबाट मृत्यु उपहार पाए । आफ्नै देशको प्रहरीको तातो गोली खाएर अस्ताएका युवाहरुको मृत्युले अहिले सिंगो देश नै स्तब्ध बनेको छ । शुक्रबार बालकुमारीमा ईपीएस कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवामध्ये एक थिए दैलेखका सुजन राउत ।

आन्दोलन प्रहरीको कुटपिटबाट मृत्यु भएका उनी घरको जेठो छोरा हुन् । गरिब परिवारका सुजन । बुवाको मृत्यु भएको एक बर्ष मात्रै पुरा भएको थियो । ‘ब्रेन ट्युमर’का कारण सुजनका बुबा भक्तबहादुर रावतको गत वर्ष मात्रै मृत्यु भएको थियो । त्यसपछि परिवारको सम्पूर्ण जिम्मेवारी २१ वर्षीय सुजनको काँधमा आयो । बुबाको उपचारमा लागेको ऋण तिर्न र बिधुवा बनेकी आमालाई खुसी दिन राम्रो कमाई हुने ठाउँ उनले कोरिया नै हो भन्ने ठाने । बुबाको उपचारका लागेको ऋण तिरौँला, परिवारलाई खुसी राखौँला भन्ने सपना बोकेका सुजन आफ्नो बुबाको वर्ष दिनको काम सकेर कोरिया जाने तयारीमा लागे । उनी रिन काढेर कोरियन भाषा पढ्न काठमाडौँ आए । र भाषा सिके पनि । भाषा सिकेर सिप बिल्डिङको परीक्षा पनि दिए तर नाम निस्केन् ।

अनि उनी उत्पादनमुलक क्षेत्रको परीक्षामा सामेल पनी हुन नपाउने भए । त्यसपछि साथीहरुले गरेको आन्दोलनमा उनी पनि सामेल भए । आन्दोलनमा प्रहरीको निर्घात कुटपिटबाट उनी सडकमै ढले । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि किष्ट अस्पतालमा लगियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । सुरुमा प्रहरीको गोली लागेर मृत्यु भएको भनिए पनि प्रहरीको निर्घात कुटपिटबाट मृत्यु भएको उनका दाजु (मामाका छोरा) रोशन कटुवालले बताए । सुजनको मृत्यु पश्चात रोशन अहिले किष्ट अस्पतालमा पुगेका छन् ।

‘गोली लागेको हैन, प्रहरीको बन्दुकको पछाडि भागले छातीमा हानेको छ, भित्र निकै गहिरो चोट लागेकाले मृत्यु भएको हो,’ उनले भने, ‘शरीरमा निल डाम छ ।’ सुजन शुक्रबार आन्दोलनमा नभइ त्यहाँको अवस्था हेर्नका लागि त्यहाँ पुगेको रोशनको भनाइ छ । रोशनका अनुसार सुजनको घर महावु भए पनि उनको सम्पूर्ण परिवार दैलेख सदरमुकाममा बस्छन् । सुजनका बुबा उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्षसमेत भइसकेका थिए । लामो समयदेखि सदरमुकाममा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए भक्तबहादुरले ।

राउत दैलेख बजारका सफल व्यवसायीका रुपमै चिनिन्थे । उनलाई ब्रेन ट्युमर भयो । उनी बिरामी भएपछि उनको व्यवसाय पनि कमजोर हुँदै गयो । भएको सम्पत्ति सबै उपचारका लाग्यो, नपुगेर लाखौँ रकम ऋण लाग्यो । तर, उनी बचेनन् । उपचारकै क्रममा ०७९ मङ्सिरमा उनको मृत्यु भयो । बुबाको मृत्यु र व्यवसाय पनि संकटमा भएकाले सबै जिम्मेवारी काँधमा बोकेका सुजनलाई कोरिया जानुपर्ने बाध्यता बन्यो । सुजन निकै मेहनती र इमानदार थिए । यसअघि सुजन नेपालगञ्ज बसेर ओभरसियर पढ्थे । अन्तिम सेमिस्टरमा एउटा विषय बाँकी थियो । बुबाको मृत्यु भएपछि उनले पढाइ पनि पूरा गर्न पाएका थिएनन् । घरमा आमा नन्दाकुमारी, एक भाइ र दिदी छन् । उनको घरको नाजुक अवस्था यतिसम्म थियो की उनीसंग एक जोर कपडा किन्न पनि पैसा थिएन् ।

त्यसैले उनले आफ्ना काकासंग एक जोर नँया लुग किनिदिन आग्रह गरेका थिए । उनका काकाले माघमा किन्दिछु भनेका थिए । तर काकाले किनिदिने भनेको नँया लुगा लगाउन नपाउदै उनले संसार छाडे । यतिबेला उनका काकाले बिक्षिप्त हुदै सुजनसंग भएको कुराकानीको स्क्रीन सट सार्वजनिक गरेका छन् । जसले सबैलाई रुवाएको छ । बिचरा सुजन कत्तिसम्म अभागी रहेछन् न त बिधुवा आमाको सहारा बन्न पाए, नत काकाले किनिदिन्छु भनेको एक जोर नयाँ लुगाँ लगाउन पाए सबैलाई रुवाएर सधै सधैका लागी अस्ताए