पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्स २८ हजार ७३१ घण्टा आकाशमा उडेको थियो

by

in

काठमाडौँ । गत माघ १ गते पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्स प्राविधिक कारणले नभई मानवीय ९पाइलट० को त्रुटिका कारण नै दुर्घटनामा परेको अध्ययन समितिले निष्कर्ष निकालेको छ । जहाज दुर्घटनाको ११ महिनापछि अन्तिम अध्ययन प्रतिवेदन बुझाएको समितिले सन् २००७ अगष्ट १ मा बनेको जहाजले जम्मा २८ हजार ७३१ घण्टा ३३ मिनेट (दुर्घटनाको समयसम्म) मात्र उडान भरेको जनाएको हो ।

एटीआर फ्रान्सः एभियसन डी ट्रान्सपोर्ट रिजिनल तथा इटालियनः एयरी डी ट्रान्सपोर्ट रिजिनलले उत्पादन गरेको जहाज ३० हजार १०४ साइकल उडेको अध्ययन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । जबकि जहाजको नियमित चेकजाँच, सर्भिसिङको समय समेत २०२३ अप्रिल २४ सम्म रहेकोमा समयअगावै प्राविधिक समस्या नरहेकै अवस्थामा १४ जनवरी, २०२३ मा नै जहाज दुर्घटनामा परेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्राविधि रुपमा प्रायः जहाज ठिकठाक रहेकै अवस्थामा मौसम समेत अनुकूल रहेको तर चालकको छोटो र कठिन निर्णयका बाबजुद जहाज दुर्घटना पर्न गएको अध्ययन समितिको निष्कर्ष छ ।

खासगरी जहाज उडानका क्रममा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको र त्यसलाई तत्काल गतिशीलता दिन नसक्दा जहाज दुर्घटना परेको अध्ययन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

बिहानको १०ः५१ बजे काठमाडौँबाट पोखराका लागि उडेको जहाजको प्राविधिक स्थिति ठिकठाक नै रहेको थियो । अवतरण गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिविलिटी सम्पूर्ण पक्ष राम्रो थियो । भीएनपीआरमा टेक अफ, चढाई, क्रूज र अवतरण सामान्य थियो । मौसम अनुकूल थियो । भीएमसी गन्तव्य एयरपोर्टको बाटोमा भीएनपीआर टावरसँगको पहिलो सम्पर्कको समयमा, एयर ट्राफिक कन्ट्रोलर९एटीसी० सँग विमान अवतरणका लागि अनुमति माग गरेकोमा रनवे ३० को अनुमति प्रदान गरिएको थियो ।

तर तोकिएको धावनमार्गमा नभएर चालक दलले अकस्मात् रनवे परिवर्तन गरेर १२ को अनुमति माग गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसो हुँदा पनि रनवे १२ अवतरणका लागि योग्य रहेको एटीसीले सन्देश पठाएको थियो । तर जहाज ६ हजार ५०० फिटमाथिबाट एकैपटक ७२१ फिटमा झारेर एकैपटक माथि उठाउन खोज्दा इन्जिनको गति स्थिर हुनपुगेको र जहाज तल झर्नपुगेको देखिएको अध्ययन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

जहाज एकैपटक सेती नदिको खोँचमा खस्न पुगेको थियो । जहाज भुईँमा बजारिन पुगे लगत्तै आगजनी हुँदा जहाजमा सवारी ७२ यात्रुकै मृत्यु हुन पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जहाजमा ४ जना चालक दल ९क्र्यू मेम्बर० सहित ६८ जना यात्रु सवार थिए । यी ७२ जना यात्रुहरुकै घटनास्थलमा मृत्यु हुन पुगेको थियो ।