आज रातिबाट १२ बजे देखि नेपालमा देशभर लागु हुँदै छ यो कडा नियम, उल्लंघन गरे कडा कारवाही हुने…?

by

in

२६ भदौ, गोरखा । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको एम्बुलेन्स चितवनको मोटर ग्यारेजमा पाटपूर्जा फुस्काएर (स्क्र्याप) पारेर राखिएको अवस्थामा भेटिएको छ ।

बा ४ च ९३५३ नम्वरको उक्त एम्वुलेन्सको पार्टपुर्जा कार्यसमितिलाई थाहापत्तै नदिई काटकुट गरेर निकालिएको पदाधिकारीहरुले गुनासो गरेका छन् । मर्मतमा लागि भन्दै लगिएको एम्बुलेन्स आफूहरुलाई जानकारी नदिई टुक्र्याइएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

‘एम्बुलेन्स खै भनेर सोध्दा मर्मत गर्न चितवन लगिएको छ भनेर जवाफ दिने गर्थे’, कार्यसमितिका एक पदाधिकारीले भने, ‘तर अहिले बुझ्दा सबै पार्टपुर्जा काटकुट गरेर ९५ हजारमा बेचिसकेका रहेछन् ।’

कार्यसमितिमा छलफल नै नगरी संस्थाका केही सीमित व्यक्तिले एम्बुलेन्स बेचेर लाभ लिएको उनको आरोप छ । कार्यसमितिको निर्णयबेगर एम्वुलेन्स बेच्न नपाउने भएपनि एकलौटी ढंगले मनोमानी गरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।

‘नियम अनुसार संस्थाको नाममा रहेको एम्बुलेन्स बेच्न वा टुक्र्याउन संस्थाको कार्यसमितिले अनिवार्य निर्णय गरेको हुनुपर्छ, तर कार्यसमितिलाई थाहा नै छैन, उता एम्वुलेन्स टुक्राएर कवाडीमा बेचिसकेछन्’, उनले भने ।

उनका अनुसार यही भदौ ५ गते बसेको कार्यसमिति बैठकमा एम्वुलेन्सको कुरा उठान गर्दा सभापति यदुविलास भट्टराई र कार्यालय प्रमुख सुवास घिमिरेले चितवनमा मर्मतका लागि लगिएको जवाफ दिएका थिए ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कुनै पनि एम्वुलेन्स बिक्री गर्न वा टुत्र्mयाउन सम्बन्धित संस्थाको निर्णय अनिवार्य हुनुपर्ने बताए ।

‘२० बर्ष पुरानो भइसकेको एम्वुलेन्सलाई बिस्थापित गर्नुपर्ने प्रावधान छ, तर त्यसको बिक्री गर्न वा त्यसलाई टुक्र्याएर बेच्न सम्बन्धित संस्थाको कार्यसमितिले निर्णय गर्नुपर्छ, अनि बेचिसकेपछि संस्थाको खातामा रकम जम्मा भएको हुनुपर्छ’, उनले भने ।

तर रेडक्रसका केही सीमित व्यक्तिले आफूखुशी एम्वुलेन्स पाटपूर्जा फुस्काएर बेचेको र हालसम्म संस्थाको खातामा पैसा पनि जम्मा नगरेको एक पदाधिकारीले बताए । संस्थाका कोषाध्यक्ष ज्ञानहरि अर्यालले एम्वुलेन्स बिक्रीबापत भनेर खातामा रकम जम्मा नभएको बताए ।

एम्बुलेन्स बिक्री भएको वा नभएको बारे समेत आफूलाई जानकारी नभएको उनको भनाइ छ । ‘केही समयअघि मात्र एम्बुलेन्स बिग्रिएर सवालाख खर्च गरेर बनायौं । बनेको चार महिनामा फेरि बिग्रियो । त्यसपछि बनाउन चितवन पठाइयो, त्यो बिक्री भयो कि बन्यो कि त्यसबारे भने मलाई जानकारी छैन’, उनले भने ।

रेडक्रस गोरखा शाखाका सभापति यदुविलास भट्टराईले एम्बुलेन्स चितवनको ग्यारेजमा पाटपूर्जा खोलेर राखेको स्वीकार गरे । तर बिक्री भने भइनसकेको उनको दावी छ ।

‘कार्यालय अगाडि एम्बुलेन्स बिग्रिएर बसेको धेरै भएको थियो । बनाउन चितवन लैजाँदा धेरै खर्च लाग्ने भयो । फेरि २० बर्षपनि भइसकेकाले त्यसलाई स्क्र्याप गर्ने भनेर टुक्र्याएरचाहिँ राखेको अवस्थामा छ । बिक्री भने भइसकेको छैन’, उनले भने । नचल्ने अवस्था भएपछि धेरैअघि धुल्याउने निर्णय भइसकेको उनले बताए ।