पा’गल केटि : जतिसुकै बिजी भए पनि २ मिनेट समय निकालेर अवश्य पढ्नुहोला, नपढे तपाईँ लाई पछुतो हुनेछ

News

म काॅधेझोला भिरेर स्कुल हिॅडिरहेको छु!विभिन्न स्कुल ,कलेजका विभिन्न पोशाकहरुले पुरै वजार रंगिएको छ !केहि हुल मानिसहरु ओहोर दोहोर पुरै वाटो छेकिएको छ !ठुलो संसार अनि आकाशलाई च्यालेन्ज गर्दै उडिरहेको हवाईजहाज मेरै अगाडिवाट उडेर जान्छ !म हेर्छु र नितान्त मौनतामा वसिरहन्छु ,सेतो हिॅउ जस्तै कहिले पग्लिने अनि कहिले जम्ने स्वभावको छैन म ..वाहिर कसैले जे सुकै गरोस्

समयको वहावसंगै वग्दै जाने जिन्दगीका सम्झनाहरु वगेर कहिले काॅहि निकै तल पुग्दा रहेछन्,तर कहिले काहिॅ तरेर पारि पुग्न नसकेका जिन्दगीहरु याद वन्दै सम्झनामा कैदि वन्दा रहेछन् ,फेरी पनि फर्के हुन्थ्यो जस्तो लाग्छ ति दिनहरु तर फर्किॅदो रहेनछ! म एउटा भग्नावशेष तयार पार्दैछु ! तस्बिर गुगलवाट साभार गरिएको फाइल फोटो

 

थाहा छैन म यो विरोधाभाष् कथा किन लेखिरहेको छु!
समाजमा यस्ता घटनाहरु किन लुकाईन्छ !यो विरोधाभाष् कथा लेख्न हुन्छ वा हुॅदैन वा कलम र मनभित्रको साथित्व कहाॅ वाट आउॅछ !यो मुटुहरु किन रंगिन्छन् र अर्को हावाहरुको स्पर्शसंग सासहरु किन तातिन्छन् ,मनभरि कुरामा कुरा गुम्सिॅदै एउटा छिमेकी फोक्सो घुम्म फुलिरहेको छ !म जिन्दगीको सुरुवातमै एक्लो एक्लो छु !कोहि आफ्नो छ भन्नु पनि ठुलो कुरा हुन्छ !आफ्नोपन त जसले पनि देखाउॅछ आफ्नो को हो त्यो समयलेनै देखाउॅछ !वेलुका चाॅडो आएस् नि वुवाले आवाज दिनुभयो .

]

मलाई अर्काको व्यक्तिगत प्रश्न गर्ने चाॅसो छैन!
ओई सरु कता हो घुम्म परेर हिॅडिरहेकी छस् छेउमै आएर पुजाले वोल्दा झसंग झस्किन्छु !आज किन ढिला गरेकी हॅ मैले भने , उसले कसैले सुन्ने हो कि झै गरेर भनि विशाललाई चिठ्ठि लेखेको थिॅए वस् दिएर आउॅदा ढिला भयो !विशाल उसको प्रेम गर्ने मान्छे …

यहि हो तिम्रो दिन पढ्ने उमेरमा खुव प्रेम पत्र लेख्न परेको ,वुढा हुॅदा हुॅदै के हो तेरो पारा…तॅ पनि मलाई यस्तो गालि गर्छेस् है सरु ..तॅलाई के थाहा प्रेम कस्तो हुन्छ ! ..भयो अव धेरै नवोल मेरो पनि वोल्नेदिन आउलानि वावै ..लामो सास वोकेर ऊ थोरै अगाडि वढि !

यो जिन्दगी त यात्रा रहेछ ,हिड्दै जाने यात्रा..यात्रामा कोहि छुटिन्छन् यात्रामा कोहि भेटिन्छन् !यात्रामा कोहि आफ्ना हुन्छन् कोहि टाढाका हुन्छन्,कोहि टाढाका पनि आफ्नो जस्तो लाग्छ कोहि आफ्नापनि छुटिएर जान्छन् !अनगिन्ति वहानामा वगिरहने जिन्दगीहरु विशाल र मेरो भेट विश्वज्योति वोडिॅग स्कुलमा भएको थियो !जोडिएका जोडिहरु वलियो भएमा जोडिरहन्छन् तर कतिपय जोडिहरु जतिनै वलियो भएपनि भित्र भत्किएको केहि थाहै हुॅदैन !चुलेसिमा रेटिएको कुखुराको गर्धन जस्तै फट्फटाउॅदै पखेॅटा अन्तै जिउने चाहानामा तड्पिरहेको हुन्छ!वुझिस् चोर औला ठडाएर पुजा अगाडि गई…

वाटोमा एउटा सानो चोक थियो ऊ अगाडि गएर थचक्क वसि अनि चुरोट निकालेर सलाई पारी अनि मुखमा लगादिई ,चुरोट जलिरहेको थियो,धुॅवा वाहिर निस्कन अटेर गर्दै थियो मेरै वरिपरि मडारिरहेको पत्रे वादलले मलाई सास लिन गाह्रो भैरहेको थियो,धुॅवाहरु आकाश र उसका फोक्साहरुमा कालाम्मे वनिरहेको थिए किनकी उसको नाक मुखवाट फोक्सो भरिरहेको हुॅदो हो त्यसैले त भित्र उम्लिएर वढि भएका धुॅवाहरु उसका नासिकाको छिद्र प्वालहरुवाट पटक पटक उडिरहन्थेॅ!यादहरु कपडामा लागेको दागहरु जस्ता हुॅदा रहेनछन् यि यादहरु त जति धोयो उति फैलिदो रहेछ !

वरु कपडाको दाग मेटिॅदो रहेछ तर मनको दाग मेटिॅदो रहेनछ !समय आएपछि कैदि लाई जस्तै यादलाई निकाल्न मिल्दो रहेनछ ,सायद यसैले होला जिन्दगीलाई कारागार भनिएको ..यसैले जिन्दगीरुपि कारगारभित्र धेरै यादिला कैदिहरु आईपुग्छन् !उसले यसरी उदाहरणदिई..

Leave a Reply

Your email address will not be published. Required fields are marked *